टिपेक्स प्रकरणले जनता समाजवादी पार्टी भित्र असन्तुष्टि बढ्दै
नेताहरुको वरियता मिलाउने क्रममा लकडाउन कै वीच राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी,नेपाल वीच एकता भई बनेको जनता समाजवादी पार्टी, नेपालमा नेताहरुको वरियताको विषयलाई लिएर सामाजिक सञ्जालमा असन्तुष्टि पोखिन थालेको छ । निर्वाचन आयोगमा पछिल्लो पटक बुझाएको निवेदनमा भूतपूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नाम दोस्रो वरियताबाट हटाई चौथो वरियतामा राखेसँगै विशेष गरी पूर्व नयाँ जनशक्ति पार्टीका नेता-कार्यकर्तामा बढी असन्तुष्टि देखिएको छ । सो निवेदनमा अध्यक्ष पदमा महन्थ ठाकुर र उपेन्द्र यादवको नाम छ भने वरिष्ठ नेतामा अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतोको नाम छ । मर्यादा क्रममा डा. बाबुराम भट्टराईको नाम २ नम्बरमा राखिएपनि पछि टिपेक्स लगाएर डा. भट्टराईको नाम ४ नम्बरमा राखी निवेदन बुझाइएको थियो । नेताहरुको वरियतामा ५ नम्बरमा रहेका राजेन्द्र महतोलाई जसपाको संसदीय दलको नेता बनाउने सहमती भएको बताइएको छ ।

