लकडाउन खुकुलो भएसँगै विना चेकजाँच बाहिरबाट काठमाडौं उपत्यकामा मानिसहरुको प्रवेश ह्वात्तै बढ्यो, काठमाडौं उपत्यकामा पुन: कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै

0 Shares

लकडाउन खुकुलो भएसँगै बिना चेक जाँच बाहिरबाट काठमाडौं उपत्यकामा मानिसहरुको ह्वात्तै बढेको छ । गए राती मात्रै बाराबाट हेटौंडा- दक्षिणकालीको बाटो हुदै ४० जनाको समूह विना चेक जाँच मोटर साइकलमा काठमाडौं उपत्यका प्रवेश गरेको पाइएक़ थियो भने अरु नाकाहरुबाट पनि मानिसहरु चेक जाँच विना नै मोटर साइकलमा प्रवश गरेको जानकारी प्राप्त भएको छ । यसले काठमाडौं उपत्यका पनि कोरोना भाइरस संक्रमणको जोखिम पुन: बढ्ने देखिएको छ ।
नेपालमा प्रत्येक दिन कोरोना संक्रमितको संख्या द्रुत गतिमा बढिरहेको छ, जसका कारण नेपालमा कोरोना संक्रमितको संख्या ७,५०० को हाराहारी पुगेको छ । हिजो मात्रै कैलालीका २ र बाँकेका १ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

Leave a Reply