छहारी साकोस, गाम्चाले ग-यो आफ्ना कर्मचारीहरुको कोरोना वीमा

0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका-४,गाम्चा चोकमा आफ्नै भवनबाट आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छहारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सबै कर्मचारीहरुको कोरोना वीमा गरेको जनाएको छ । सो संस्थाका अध्यक्ष कृष्णहरि खड्काले ‘कोरोना भाइरसको महामारीका पनि सामाजिक दुरी कायम गरी उच्च मनोवलका साथ यस संस्थाका शेयर सदस्यहरुलाई यसै संस्थाको कार्यालयबाट वित्तीय सेवा प्रदान गरिरहेका कर्मचारीहरुको जोखिम न्युनिकरण गर्न तथा मनोवल उच्च राख्न कोरोना वीमा गरिएको छ’ भन्नुभयो । उहाँले ‘ लकडाउनको अवधिमा शेयर सदस्यहरुलाई मोबाइल बैकिङ्ग एक्टिभ गरी
विभिन्न सेवा थप गरेर डिजिटल कारोबार गर्न प्रोत्साहन गर्दै आएको र शेयर सदस्यहरुलाई कोरोना भाईरसबाट सचेत रही सुरक्षित रहन मद्दत पुग्ने गरी बिभिन्न गतिविधि सञ्चालन पनि गर्दै आएको बताउनुभयो ।

Leave a Reply