राष्ट्रिय सहकारी बैंक लि.को प्रमुख कार्यकारी अधिकृत पदमा पुन: बद्रीकुमार गुरागाई नियुक्त

0 Shares

सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(CEO) पदमा पुन: बद्रीकुमिर गुरागाई नियुक्त हुनुभएको सो बैंकले जनाएको छ । उहाँको कार्यकाल सकिएकाले पुन:उहाँलाई सो बैंकको सीईओ पदमा नियुक्त गरिएको बताइएको छ । ‌ चार्टर एकाउण्टेण्ट गुरागाईले यस अगाडिको कार्यकालमा उक्त बैंक सीईओ को पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएको थियो । मिलनसार स्वभावका उहाँ सहकारीकर्मीहरु वीच प्रिय हुनुहुन्छ । उक्त बैंक सीईओ पदमा पुन: नियुक्त हुनुभएकोमा सहकारीकर्मीहरुले उहाँलाई कार्यकालको सफलताका लागि बधाई सँगै शुभकामना दिइरहेका छन् ।

Leave a Reply