निशाना छाप परिवर्तन नहुदै नेपालको नयाँ नक्साको विक्री शुरु

0 Shares

निशाना छाप परिवर्तन नहुदै यसै महिनाको पहिलो हप्तामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जारी गरेको नेपालको अध्यावधिक नयाँ नक्साको विक्री भइरहेको देखिएको छ । भारतद्वारा अतिक्रमित लिम्पियाधुरा-लिपुलेक- कालापानी सहितको नेपाली भूमि समेटिएको १,८१,५१६ वर्ग किलोमीटर भूमिको नेपालको नयाँ नक्सा व्यापारीहरुले प्रति थान रु.२०० सम्मको मूल्यमा विक्री गरिरहेको पाइएको छ ।

नेपालको अध्यावधिक नयाँ नक्सा समावेश गरी निशाना छाप परिवर्तनका लागि नेपालको संविधान,२०७२ को दोस्रो संशोधन प्रस्ताव संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा दर्ता भएपनि त्यसपछिको प्रक्रिया भने अगाडि बढ्न सकेको छैन । नेपालको अध्यावधिक नयाँ नक्सा समावेश गरी निशाना छाप परिवर्तनको लागि संविधानको संशोधन प्रस्ताव जति सक्यो चाँडो संघीय संसदबाट विधिवत रुपमा पारित गर्नु पर्ने तथा भारतसँग नेपाल सरकारले कुटनीतिक माध्यम र उच्च राजनीतिक तहबाट छलफल र बार्ता गरी भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन नेपाल सरकारलाई नेपाली नागरिकहरुले दवाव दिइरहेका छन् ।

Leave a Reply