लकडाउन खुकुलो भएसँगै बढ्यो चहलपहल
नेपाल सरकारले लकडाउन खुकुलो गरेसँगै काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा मानिसहरुको चहलपहल बढेको छ आज ८१ औँ दिनको लगाउन जारी रहदा मानिसहरु होसियारी पूर्वक आ-आफ्नो काम गरिरहेको देखिएको छ । पसलहरु खुलेका छन् भने निजी सवारी साधनहरु चलिरहेका छन् । सरकारले मोटरसाइकलमा एक जना मात्रै सवार हुनु पर्ने भने पनि मोटरसाइकलमा बसेर दुई जना सवार भइरहेको देखिएको छ । साइकल र मोटरसाइकल चल्न दिने निर्णय गरेको सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने निजी सवारी साधन जोर विजोर प्रणालीका आधारमा चल्न दिने तथा पठन पाठन नभएपनि शिक्षण संस्थाका कार्यालय सञ्चालन गर्न दिने , सरकारी कार्यालय २ सिफ्टमा सञ्चालन गर्ने र रेष्टुरालाई प्याकिङ गरेको खाना सप्लाई गर्ने गरी मात्रै सञ्चालन गर्न दिने नेपाल सरकार , मन्त्रीपरिषदले निर्णय गरेको थियो ।
नेपालमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ भने कोरोना संक्रमितहरु निको हुने क्रम पनि जारी छ ।

