सहकारी विभाग एक सिफ्टमा मात्रै सञ्चालन हुन्छ : उप-रजिष्टार पौडेल , भोलिबाट सहकारी संघ/ संस्थाहरु पूरै समय सञ्चालन हुने
नेपाल सरकारले भोलिबाट २ सिफ्टमा सरकारी कार्यालय सञ्चालन गर्न निर्देशन गरेपनि सहकारी विभाग भने एक सिफ्ट मात्र सञ्चालन हुने भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै सहकारी विभागका उप-रजिष्टार सुरेन्द्र पौडेलले सहकारी विभाग सेवाग्राहीको भिडभाड हुने कार्यालय नभएकोले एक सिफ्टमा विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुने बताउनुभयो । सहकारी संघ/संस्थाहरु पनि भोलिबाट पूरै समायावधि सञ्चालन हुने उहाँको भनाई छ ।

