बदर्घाटका सुपर साकोस र हाम्रो साकोस बीच एकीकरण सम्पन्न, एकीकृत संस्थाको अध्यक्षमा माया

0 Shares

नवलपरासी सुस्ता- बर्दघाट पश्चिमको बर्दघाट नगरपालिका- २ ,चिसापानीमा रहेका सुपर बचत तथा ऋण सहकारी संस्था लि. र हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. वीच एकीकरण भएको जानकारी प्राप्त भएको छ । २०७७ जेठ ३१ गते ती दुई संस्था वीच एकीकरणको घोषणा भएको थियो । एकीकृत संस्थाको नाम हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि.रहेको छ । ती दुई संस्थाको एकीकृत कारोवार भोलिबाट शुभारम्भ हुने बताइएको छ । एकीकृत संस्थाको अध्यक्षमा मायादेवी पौडेल,उपाध्यक्षमा शिवप्रसाद पौडेल, सचिवमा खेमराज सुवेदी र कोषाध्यक्षमा विष्णु बराल तथा सदस्यमा गणेश पन्थी ,रुक्माङ्गत पाण्डे, शिवराज पौडेल,खगिसरा राना,आत्मराम भट्टराई,हरिबहादुर बुढा र माया परियार रहनु भएको छ भने लेखा सुपरीवेक्षण समिति संयोजक गोविन्दप्रसाद पाण्डे तथा सदस्यमा गीता भण्डारी र विष्णुप्रसाद पाण्डे हुनुहुन्छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला सहकारी संघ लि., बर्दघाट-सुस्ता पश्चिम नवलपरासीका उपाध्यक्ष वृहस्पति अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । एकीकृत संस्थाको कूल पूँजी रु.१६,९४,८९,३६७ रहेको जनाइएको छ ।
२०६७ माघ २ गते डिभिजन सहकारी कार्यलय ,नवलपरासीमा द.न. ४३५ दर्ता भएको थियो भने यसको बर्दघाट नगरपापालिका वडा नं. १ देखि ११ सम्म कार्यक्षेत्र रहेको छ । त्यस्तै हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. २०६४ माघ २६ गते डिभिजन सहकारी कार्यलय , नवलपरासीमा द.न.२८१ दर्ता भएको थियो भने त्यसको बर्दघाट नगरपालिकाका सबै वडाहरुमा कार्यक्षेत्र रहेको छ ।

Leave a Reply