राष्ट्रिय सभाबाट पनि सर्वसम्मतीले दोस्रो संविधान संशोधन विधेयक पारित
संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाबाट पनि निशान छाप परिवर्तनका लागि दोस्रो संविधान संशोधन विद्यमान पारित गरेको छ । कानुन , न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले सो विद्येयक माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकले सर्वसम्मतीले पारित ग-यो । यस अघि उक्त विद्येयक संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाबाट सर्वसम्मतीले पारित गरेको थियो ।
उता संघीय संसदबाट कालापानी-लिपुलेक-लिम्पियाधुरा सहित नेपाली भूमि समेटिएको नेपालको अध्यावधिक नयाँ नक्सा निशान छापमा राख्नलाई दोस्रो संविधान संशोधन विद्येयक पारित भए सँगै देशभक्त नेपाली नागरिकहरुमा खुशी छाएको छ तर भारतमा भने त्यसबारेमा मिश्रित प्रक्रिया देखिएको छ । यसै बीच भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारत र नेपाल वीच धेरै पुरानो सम्बन्ध भएकोले लिपुलेक समस्या बार्ताबाट समाधान गरिने बताउनु भएको छ ।

