एमसीसीको विरोधमा १० वाम दल तथा समूहद्वारा आज दिउशो माइतीघर मण्डलामा विरोध प्रदर्शन हुने
देशको राष्ट्रिय अखण्डतामा आँच आउने गरी नेपाल र संयुक्त राज्य अमेरिका वीच भएको एमसीसी(MCC) सम्झौता खारेजीको माग गरी सो सम्झौताको नागरिकहरुबाट विरोध गर्ने क्रम बढिरहेको छ । यसै वीच नेपाल कम्युनिष्ट पार्टी, नेकपा(मसाल), नेकपा(क्रान्तिकारी माओवादी) ,नेकपा (माले) सहितका १० वटा कम्युनिष्ट पार्टी तथा समूहले आज दिउसो १ बजे काठमाडौंको माइतीघर मण्डलामा एमसीसीको विरुद्ध विरोध प्रदर्शन गर्न लागेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य रत्नप्रसाद जोशीले सहकारी सञ्जाललाई बताउनुभयो । कोरोना भाइरस(COVID-19) संक्रमणको जोखिमलाई ध्यान दिएर विरोध प्रदर्शन गरिने नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष लोकनारायण सुवेदीको भनाई छ ।

