आज सूर्य ग्रहण लाग्ने

0 Shares

आज सूर्य ग्रहण लाग्दैछ । विहान १० बजेर ५४ मिनेटदेखि शुरु भएर दिउशो २ बजेर २३ मिनेट जाँदा ग्रहण समाप्त हुने
प्रशिद्ध ज्योतिष तथा’आफै ज्योतिष पुस्तक’का लेखक विष्णुप्रसाद तिमिल्सिना ‘विमल’ले सहकारी सञ्जाललाई बताउनुभयो । सूर्य ग्रहणले मेष, कन्या, सिंह र मकर राशी बाहेकका राशी हुनेलाई हानी गर्ने उहाँको भनाई छ । आजको सूर्य ग्रहण वि.सं.२०७७ सालको पहिलो ग्रहण हो । आज सूर्य ग्रहण लागेपनि त्यसको सुतक भने गएराती १० बजेर ५० मिनेटबाट शुरु भएको बताइएको छ । अफ्रिका महादेश तथा एसिया महादेशका भारत,पाकिस्तान, नेपाल लगायतका देशहरुबाट सूर्य ग्रहण देख्न सकिने र भारतको देहरादुन, कुरुक्षेत्र तथा नेपालको कालापानी लगायतका स्थानमा मात्रै खग्रास सूर्य ग्रहण लाग्ने र अन्यत्र खण्डग्रास ग्रहण देखिने खगोल शास्त्रीहरुको भनाई छ । काठमाडौं उपत्यकामा भने ८७ प्रतिशत खण्डग्रास ग्रहण देखिने बताइएको छ ।
सूर्य , चन्द्रमा र पृथ्वी एकै रेखामा पर्दा सूर्य ग्रहण लाग्ने गर्दछ । सूर्य ग्रहणमा चन्द्रमाले छेकेर सूर्यको प्रकाश पृथ्वीमा आउन दिदैन ।

Leave a Reply