आयाम साकोस, ताल्छिखेल, ललितपुरले ग-यो कोरोना वीमा, लकडाउन अवधिको कर्जाको व्याजमा १० छुट दिदै
ललितपुर महानगरपालिका-१४, ताल्छिखेलमा आफ्नै भवनबाट सञ्चालन भइरहेको आयाम बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो सञ्चालक समिति,लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्य एवं कर्मचारीहरुको प्रति व्यक्ति रु.१ लाखको कोरोना वीमा लुम्विनी जनरल इन्स्योरैन्स क.लि.मार्फत गरेको जनाएको छ । ‘हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्य र शेयर सदस्यहरुका परिवारलाई कोरोना वीमा गर्न सहजीकरण गरिहेको र हालसम्म ५०० जनाको कोरोना वीमा गरिएको छ’ सोही संस्थाका व्यवस्थापक गणेशप्रसाद नेपालले बताउनुभयो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थाले यही जेठ ३१ गते शनिवार आफ्नै कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सो रक्तदान कार्यक्रममा ७२ जना रक्तदाताहरुले रक्तदान गरेका थिए भने रक्तदाता हरु सोही संस्थाका अध्यक्ष केशवप्रसाद नेपालले प्रमाण-पत्र प्रदान गर्नु भएको थियो ।
लकडाउनको बेला आंशिक रुपमा कार्यालयबाट शेयर सदस्यहरुलाई रेमिट सहितको वित्तीय सेवा प्रदान गर्दै आएको त्यस संस्थाले यही असार १ गतेबाट विहान १० देखि अपरान्ह ५ बजेसम्म कार्यालय सञ्चालन गरी सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ । ‘लकडाउनको समयको हर्जना मिनाह गर्नुका साथै यही असार मसान्तभित्र व्याज बुझाएमा कर्जाको लकडाउन अलधिको व्याजमा १० छुट दिइने हाम्रो यस संस्थाको नीति रहेको छ’ व्यवस्थापक नेपालको भनाई छ । त्यस संस्थाले यही जेठ २५ गतेदेखि मोवाइल एप्स र मोवाइल बैंकिङ्ग सञ्चालनमा ल्याएको छ । मोवाइल बैंकिङ्ग मार्फत सदस्यहरुले घरैमा बसेर विजुली तथा खानेपानी महसुल, मोवाइल तथा टेलिफोन,्् र टेलिभिजनको विल तिर्न सक्ने व्यवस्था गरिएको बताइएको छ ।









<img 
………………………………….

