संविधान संशोधन गरी निशान छाप बदलिएसँगै खुशी भएका नेपाली नागरिकहरुले गरे भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन पहल गर्न सरकारलाई आग्रह
संघीय संसदका दुबै सदनबाट सर्वसम्मत पारित भई राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाएसँगै राजपत्रमा संविधानको संश़ोधन गरी परिवर्तन गरिएको निशान छाप राजपत्रमा प्रकाशन भएसँगै खुशी भएका देशभक्त नेपाली नागरिकहरुले नेपाल सरकारलाई अविलम्व भारत सरकारसँग कुटनीतिक माध्यमबाट उच्च राजनीतिक तहमा वार्ता र छलफल गरी भारतद्वारा अतिक्रमित नेपाली फिर्ताको लागि पहल गर्न आग्रह गरिरहेका छन् ।

