एसीसी(MCC) को विरोधमा हिजो पनि ११ वाम दलले गरे विरोध प्रदर्शन
नेपाल कम्युनिष्ट पार्टी सहितका ११ वाम दलले हिजो पनि काठमाडौंको माइतीघर मण्डलामा एमसीसी(MCC)को विरोधमा प्रदर्शन गरेका छन् । एसीसी(MCC) राष्ट्रघाती भएकोले यसलाई खारेज गर्नु पर्ने ती दलहरुका नेताहरुले जोड दिनुभयो । सहकारी सञ्जालसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता रत्नप्रसाद जोशीले एसीसी खारेज भएपनि देशको सार्वभौमसत्ता बच्यो भने देश अरु स्रोतबाट पनि बन्न सक्छ तर देशको सार्वभोमसत्ता नरहने गरी एसीसी पास भने नेपालको स्वतन्त्र अस्तित्व गुम्ने र नेपाली जनताले अरु दास हुनुको विकल्प नहुने भएकोले नेपाल र नेपालीको अहित गर्ने एसीसी खारेज हुनु पर्दछ भन्नुभयो । सरकार र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेताहरु एमसीसी संघीय संसदबाट पारित गराउन जोडतोडले लागेपनि एसीसी समर्थनमा भन्दा विरोधमा जनमत बढिरहेको देखिएको छ ।
