अग्रज शिक्षाविद अंगुरबाबा जोशीको निधन
विगत लामो समयदेखि नशा सम्बन्धी समस्याले पीडित सुप्रशिद्ध शिक्षाविद अंगुरबाबा जोशीको हिजो ८९ वर्षको उमेरमा काठमाडौंको न्युरो आस्पतालमा निधन भयो । उहाँको पार्थिव शरीर हिजो अपरान्ह पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्तेष्टि गरिएको थियो । नेपालको आधुनिक शिक्षाको विकासमा महत्वपूर्ण योगदान गर्नु भएकी जोशीले महिला शिक्षाको लागि विशेष जोड दिनु भएको थियो ।
उहाँको निधनप्रति संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सहित राजनीतिक, सामाजिक तथा शिक्षा क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तित्वहरुले शोक व्यक्त गर्नु भएको छ ।

