तलव नपाउदा निजी शिक्षालयका शिक्षक कर्मचारी मारमा
लकडाउनका कारण बन्द भएका संस्थागत स्कूल कलेजहरुले आफ्ना शिक्षक कर्मचारीहरुलाई तलव नदिदा उनीहरु समस्यामा परेको देखिएको छ । लकडाउनले गर्दा विद्यार्थीहरुबाट शुल्क उठाउनका नपाएकोले शिक्षक कर्मचारीहरुलाई तलव नदिन नसकेको निजी स्कूल कलेजका सञ्चालकहरुले बताइएका छन् । केही स्कूलले चैत महिनाको तलव दिएपनि धेरै स्कूल कलेजले भने चैत महिनाको तलव पनि दिएका छैनन् , जबकी स्कूलहरुले चैत महिनाको शुल्क फाल्गुण महिना मै लिई सकेका थिए । तलव नपाएर समस्यामा परेका शिक्षक कर्मचारीहरुले भने तलव पाउनु पर्ने आवाज उठाई रहेको देखिएको छ ।
यता संस्थागत विद्यालयहरुले लकडाउन शुरु हुनु अगाडि नै लिएको वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिरहेका छन् ।

