लोहकिल्थली माता साकोस, लोहकिल्थली, भक्तपुरले दियो लकडाउनको समयको कर्जाको व्याजमा ५ प्रतिशत छुट

0 Shares

स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१, लोहकिल्थलीमा रहेको लोहकिल्थली माता बचत तथा ऋण सहकारी संस्था लि.ले कोरोना भाइरस(COVI-19)का कारण नेपाल सरकारले गरेको लकडाउन अवधिको कर्जाको व्याजमा ५ प्रतिशत छुट दिने भएको छ । सोही संस्थाका व्यवस्थापक करन द्वारेले लकडाउन अवधिको सम्पूर्ण हर्जाना मिनाह सहित सो अवधिको कर्जाको व्याजमा ५ प्रतिशत छुट दिइएकोले हाम्रो यस संस्थाका सम्बन्धित शेयर सदस्यहरुले यही असार मसान्तभित्र व्याज बुझाएर उक्त छुट सुविधा लिन अनुरोध गर्दछु भन्नुभयो ।
लकडाउनको समयमा पनि आफ्ना शेयर सदस्यहरुलाई दैनिक रुपमा वित्तीय सेवा प्रदान गरेको त्यस संस्थाले यही असार १ गतेबाट सबै खाले बचतमा १ प्रतिशत व्याजदर घटाएको व्यवस्थापक द्वारेको भनाई छ । यही जेठ मसान्तसम्म उक्त संस्थाको कूल कारोवार रु.१४ करोड ५० लाखभन्दा बढी रहेको बताइएको छ ‌।

Leave a Reply