सहकारीलाई बचाउन सरकारले अनुदान र अति न्युन व्याजदरमा ऋण दिनु जरुरी छ : यति साकोसका उपाध्यक्ष बस्ताकोटी

0 Shares

ललितपुर महानगरपालिका-९ , बालकुमारीमा रहेको यति बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष  श्यामबहादुर बस्ताकोटीले सहकारी सञ्जालसँग कुरा गर्दै ‘कोरोना भाइरस(COVID-19) संक्रमण बढ्न नदिन नेपाल सरकारले देशभर लकडाउन गरेदेखि नै यति बचत तथा ऋण सहकारी संस्था लि. मा बचत फिर्ता लिने मात्रै छन् तर  बचत गर्न र ऋण बुझाउने भने खासै छैनन् । यो समस्या अरु सहकारी संस्थाहरुमा  पनि देखिएको छ । यही अवस्था रही रहेमा सहकारी संस्था बन्द नहोला भन्न सकिदैन ।  सहकारी बचाउने हो भने सरकारले अनुदान तथा अति न्युन व्याजदरमा सहकारी संस्लाथाई ऋण प्रवाह गर्नु जरुरी छ’ भन्नु भएको छ ।  लकडाउनका कारण समस्यामा परेका नागरिकहरु पहिचान गरी उनीहरुलाई जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी सहकारी मार्फत अनुदान एवं अति न्युन व्याजदरमा कर्जा प्रवाह गर्नु आवश्यक रहेको उहाँको भनाई छ । उहाँले लकडाउनको  समयमा आंशिक रुपमा र यही असार १ गतेदेखि विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म  सञ्चालन भइइरहेको यति बचत तथा ऋण सहकारी संस्था लि. ले लकडाउनभरीको हर्जना मिनाह गर्नुका साथै यही असार मसान्तभित्र सबै व्याज बुझाएमा कर्जाको लकडाउन भरीको  व्याजमा ५ प्रतिशत छुट दिने संस्थाको नीति रहेको बताउनुभयो ‌।

Leave a Reply