श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि., ठेचो , ललितपुरले ग-यो लकडाउन भरीको हर्जाना मिनाह
ललितपुरको गोदावारी नगरपालिका-१२, ठेचोगलमा रहेको श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.ले लकडाउनभरीको हर्जाना मिनाह गरेको जनाएको छ । सो संस्थाले आफ्ना दुई जना क्यान्सर पीडित शेयर सदस्यलाई रु.५/ ५ हजार र ललितपुरको ठेचोमा अस्थायी बसोबास गरिरहेका उदयपुरका एक जना क्यान्सर पीडित रामबहादुरलाई रु.१,५०० उपचार सहयोग गरेको जनाएको छ ।

हाल सो संस्थाको सञ्चालक समितिको अध्यक्षमा निर्मला क्षेत्री, उपाध्यक्षमा लक्ष्मी थापा मगर, सचिवमा करुणा थापा, कोषाध्यक्षमा सकुन्तला राई तथा सदस्यमा शारदा के.सी., पुजा महर्जन, अञ्जना के.सी.’क’ , कल्पना कार्की र तारा माली रहनु भएको छ भने लेखा सुपरीवेक्षण समिति संयोजकमा कल्पना खत्री तथा सदस्यमा मंगल लक्ष्मी कपाली र अञ्जना के.सी.’ख’ र ऋण उप-समिति संयोजकमा तारा माली तथा सदस्यमा कल्याणी सापकोटा र रामदेवी महर्जन हुनुहुन्छ । उक्त संस्थाको कार्यालय ठेचो माकाथलीबाट ठ त्यसै संस्थाकी अध्यक्ष निर्मला क्षेत्रीको ठेचोगलमा रहेक़ घरमा सरेर सञ्चालन गरिरहेक़ छ । सामाजिक सेवा समेत सम्लग्न रहेकी सोही संस्थाकी अध्यक्ष क्षेत्रीले सो संस्था सहित आफ्नो घरमा बहालमा बसोबास गरिरहेका सबैको २०७६ चैत्र देखि २०७७ असार महिनासम्मको बहाल मिनाह गर्नु भएको बताइएको छ ।

