कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्था लि.को कूल कारोवार रु.७३ करोड

0 Shares

काठमाडौंको गोंगबुमा रहेको कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्था लि.को यही असार १२ गते सम्मको कुल कारोबार रु. ७३ करोड पुगेको बताइएको छ । सो संस्थाले यही असार मसान्तसम्म नियमित कारोबार गरी व्याज भुक्तानी गर्ने सदस्यहरुलाई लकडाउन भरीको हर्जना मिनाह गरेको छ । लकडाउनको समयमा पनि व्यक्तिगत सम्पर्कको आधारमा समस्यामा परेका शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको हो संस्थाले २०७७ बैशाख १५ गते देखि दैनिक बिहान १० बजे देखि अपरान्ह ३ बजेसम्म कार्यालय सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । उक्त संस्थाले आफ्ना कर्मचारीहरुको प्रति व्यक्ति रु.१ लाख बराबरको कोरोना वीमा गरेको सोही संस्थाकी कार्यालय विभाग प्रमुख स्नेहा सेढाईको भनाई  छ ।

 

Leave a Reply