नवाली साकोस, नवाली टोल- जय बागेश्वरी,काठमाडौंले लकडाउनभरीको कर्जाको व्याजमा १५ प्रतिशत छुट ग-यो

0 Shares

काठमाडौं महानगरपालिका-८, नवालीटोल -जय बागेश्वरीमा रहेको नवाली बचत तथा ऋण सहकारी संस्था लि.ले यही असार मसान्तभित्र  व्याज , साँवा र किस्ता बुझाएमा राहत स्वरुप: लकडाउन भरीको कर्जाको व्याजमा १५ प्रतिशत छुट दिने निर्णय भएको जनाएको छ । सोही संस्थाका उपाध्यक्ष शिवशरण संगतले नवाली बचत तथा ऋण सहकारी संस्था लि.को २०७७ बैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले नोवेल कोरोना भाइरस(COVI-19) का कारण नेपाल सरकारले गरेको लकडाउन  (बन्दाबन्दी) को अवधिको कर्जाको हर्जना मिनाहा गर्नुका साथै लकडाउन  अवधिमा भाका नाघेका ऋणीहरुको नवीकरणको म्याद यही असार मसान्तसम्म बढाइएको बताउनु भएको छ । सो संस्थाले आवधिक बचतको व्याजदर ९ प्रतिशत कायम गरेको उहाँको भनाई छ । कोरोना भाइरसका कारण देशभर लकडाउन शुरु भएपछि समस्यामा परेका आफ्ना शेयर सदस्यहरुलाई व्यक्तिगत सम्पर्कको आधारमा वित्तीय सेवा प्रदान गरेको सो संस्थाले बागमती प्रदेश सरकारको निर्देशन अनुसार २०७७ बैशाख १६ गतेदेखि दैनिक विहान १० बजेदेखि दिउसो १ बजेसम्म कार्यालय सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको बताएको छ ।

Leave a Reply