शंखधर साकोस, शंखधरचोक,भक्तपुर र तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि., नयाँ नैकाप,काठमाडौंले गरे हर्जाना मिनाहा र व्याजमा छुट

0 Shares

आफ्नै भवनबाट सञ्चालन भइरहेका काठमाडौंको चन्द्रागिरी नगरपालिकाको नयाँ नैकापमा रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. र भक्तपुरको मध्यपुरथिमि नगरपालिका-४,शंखधरचोकमा रहेको शंखधर बचत तथा ऋण सहकारी संस्था लि.ले कोरोना भाइरस(COVID-19) का कारण नेपाल सरकारले गरेको लकडाउन अवधिको हर्जाना मिनाहा गरेको जनाएका छन् ।

२०७६ चैत्र २ गतेदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सञ्चालन भइरहेको शंखधर बचत तथा ऋण सहकारी संस्था लि.ले लकडाउनभरीको कर्जाको व्याजमा १२ प्रतिशत छुट गर्नुका साथै आफ्ना कर्मचारीहरुको प्रति व्यक्ति रु.१ लाख बराबरको कोरोना वीमा गरेको जनाएको छ ‌। लकडाउनमा सामाजिक दुरी कायम गरी आंशिक रुपमा शेयर सदस्यहरुलाई सेवा प्रदान गरेको हो संस्था २०७७ जेठ २ गतेबाट भन पूर्ववत रुपमा सञ्चालन भइरहेको छ ।

यसैगरी काठमाडौंको कलंकीमा सदस्य सेवाकेन्द्र र नयाँ नैकापमा लघुवित्त समेत सञ्चालन गरिरहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.ले आई.एम.ई.जनरल इन्स्योरेन्स क.लि. बाट आफ्नो सञ्चालक समितिका पदाधिकारी तथा सदस्य,  कर्मचारी र शेयर सदस्यहरुको प्रतिव्यक्ति रु.१ लाख बराबरको कोरोना वीमा गरेको र सो वीमामा  शेयर सदस्यका लागि भने ३३ प्रतिशतभन्दा बढी रकम खर्च गरेको जनाइएको छ । कोरोना भाइरस संक्रमित विरामी भेटिएकाले चन्द्रागिरी नगरपालिकाभर १ हप्ता सिल गरिएको समयमा बाहेक लकडाउनको समयमा समेत आफ्नो मुख्य कार्यालयबाट पूर्ववत रुपमा  शेयर सदस्यहरुलाई सेवा प्रदान गरेको त्यस संस्थाको सदस्य सेवा केन्द्र भने यही असार १ गतेबाट मात्रै सञ्चालनमा आएको छ । बन्द भएको समयमा समेत उक्त संस्थाले सम्पर्क व्यक्ति मार्फत समस्यामा परेका शेयर सदस्यहरुलाई सेवा प्रदान गरेको बताएको छ । यही असार मसान्तभित्र व्याज बुझाउने ऋणी शेयर सदस्यलाई कर्जाको लकडाउनभरीको व्याजमा ५ प्रतिशत छुट दिने बताइएको छ । लकडाउनको समयमा समस्यामा परेका  आर्थिक रुपले विपन्न आफ्ना शेयर सदस्यहरुलाई राहत सहयोग प्रदान गरेको सो संस्थाले चन्द्रागिरी नगरपालिकाको विपद व्यवस्थापन कोषमा रु.५८ हजार सहयोग गरेको थियो ।

Leave a Reply