भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले ग-यो अन्तर्क्रिया कार्यक्रम

0 Shares

भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि. को मध्यपुर थिमि नगर सहकारी
समन्वय उप-समितिको आयोजनामा समसामायिक विषयमा अन्तर्क्रिया तथा सुझाव संकलन कार्यक्रम मध्यपुर थिमि सेवा केन्द्र पाटी बिहार थिमिमा २०७७ असार १२ गते सामाजिक दुरी कायम गरी सम्पन्न भयो । त्यस अवसरमा सो संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी व्यवसाय संकटमा रहेकोले सहकारी संस्थाहरुले सदस्यहरुलाई प्रभावकारी सेवा प्रदान गर्नु पर्ने कुरा बताउनु हुर्दै संस्थाहरुले अपनाउनु पर्ने काम कार्वाहीको बारेमा स्थानीय प्रशासन र सहकारीको माथिल्लो निकायसँग समन्वय गरी सूचनाहरु जारी गर्दै आएको कुरा बताउनु भयो । सहकारीका अनौपचारिक समूहले जारी गर्ने अपीलले सहकारीलाई पर्न सक्ने असरबारे सचेत हुनुपर्ने कुरा वताउनु भयो । त्यसैगरी सोही संघका उपाध्यक्ष हरि बल्लले बन्दाबन्दीको अवस्थामा यस संघले जोखिम व्यवस्थापन कार्यदल गठन गरी  कार्यक्रम अगाडि  बढाएको कुरा जानकारी गर्दै संघको सामाजिक सञ्जाल (फेसबुक, वेबसाईट, ईमेल) मार्फत सुचना प्रवाह भइरहेको हुँदा सदस्य संस्थाहरुलाई संचार प्रविधि मार्फत जानकारी लिन हुन अनुरोध गर्नु भयो ।

त्यस्तै उक्त संघका व्यवस्थापक बालकृष्ण धोजुले महामारीको बेला सहकारी संस्थामा सदस्य, कर्मचारी र संस्थालाई असर, यसमा सहकारीले खेल्नुपर्ने भुमिकाबारे प्रस्तुतीकरण गर्नुभयो ।उक्त प्रस्तुती पछि अन्तरक्रियामा उठेका जिज्ञाशा स्पष्ट पार्नु भयो । त्यसै  संघका कोषाध्यक्ष कान्छा भक्त घजुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमकोस संघको सेवा केन्द्रका ईन्चार्ज रमेश प्रजापतिले गर्नु भयो । उक्त कार्यक्रममा  १८ जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ‌  ।

Leave a Reply