थप २४ शाखा स्थापनाको दिशामा अगाडि बढ्यो राष्ट्रिय सहकारी बैंक लि.

0 Shares

नेपाल राष्ट्र बैंकबाट थप २४ वटा शाखा सञ्चालन अनुमती पाएपछि सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना थप २४ वटा शाखा स्थापना गर्ने दिशामा अगाडि बढेको जनाएको छ । हाल सो बैंकले आफ्ना ४४ वटा शाखा मार्फत देशभरका सहकारी संंघ संस्थाहरुलाई वित्तीय सेवा प्रवाह गर्नुका साथै सहकारीको प्रवर्द्धनात्मक कार्य गर्दै आएको छ ‌।

राष्ट्रिय सहकारी बैंक लि. को माग र सहकारी विभागको सिफारिसका आधारमा नेपाल राष्ट्र बैंकले यही असार १५ गते काठमाडौंको पुतलीसडक, जोरपाटी चोक, नयाँबजार, कालीमाटी, कीर्तिपुर, कोटेश्वर , बलम्बु र नारायण गोपाल चोक, ललितपुरको इमाडोल, भक्तपुरको सूर्यविनायक र कमलविनायक, झापाको मेचीनगर, मोरङको सुन्दरहरैचा, सुनसरीको इनरुवा, बाराको कलैया, चितवनको टाँडी, रुपन्देहीको भैरहवा र तिलोत्तमा, कास्कीको तालचोक, स्याङ्जाको पुतलीबजार , दाङको तुलसीपुर, बाँकेको नेपालगञ्ज, बर्दियाको भुरीगाउँ र कञ्चनपुरको महेन्द्रनगरमा उक्त बैंकले शाखा सञ्चालनको अनुमती प्रदान गरेको थियो । के.बी. उप्रेतीको अध्यक्षतामा सञ्चालक समिति चयन भएपछि भने पहिलो पटक सो बैंकले नयाँ शाखा सञ्चालन गर्ने अनुमती पाएको हो । त्यस बैंकले नेपाल राष्ट्र बैंकमा ८४ स्थानमा थप शाखा सञ्चालनका लागि माग गरेको भएपनि २४ स्थानमा मात्रै शाखा सञ्चालनको प्रक्रिया पुगेकोले सो अनुमती पाएको बताइएको छ ।नेपाल राष्ट्र बैंकबाटअनुमती पाएका थप २४ शाखा सञ्चालनसँगै बाँकी थप शाखाका स्थापनाका लागि मागलाई पुन: अगाडि बढाइने सोही बैंकका अध्यक्ष के.बी. उप्रेतीको भनाई छ ।

सो बैंकका देशभरका १२ हजार जति सहकारी संघ संस्था सदस्य रहनुका साथै शेयर पूँजी रु  २ अर्ब ९ करोड , निक्षेप, रु. ३६ अर्ब ५० करोड र कर्जा लगानी २३ अर्ब रहेको त्यसै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले  बताउनुभय़ ।

यता उक्त बैंकले निक्षेपको व्याजदर घटाएको भन्दै सहकारीकर्मीहरुको असन्तुष्टि व्यक्त गरेको पनि सुनिएको छ ‌।

 

Leave a Reply