भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले ग-यो सदस्य संस्थाहरुलाई विशेष सहुलियत ऋण सेवा सञ्चालन

0 Shares

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सो संघमा आवद्ध बचत तथा ऋण सहकारी संस्थाहरुलाई सहुलियत ऋण सेवा सञ्चालन  गरेको जनाएको छ ‌। सोही संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले “विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस( COVID-19)को अशरले भक्तपुर जिल्लाका सहकारीहरुमा तरलता बृद्धि भएको छ । भक्तपुर जिल्लामा सञ्चालन भइरहेका ४७३ वटा बचत तथा ऋण सहकारी संस्था मध्ये १९९ वटा संस्था भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मा आबद्ध रहेका अधिकाशं सहकारी संस्थाले बन्दाबन्दीको अवस्थामा पनि सावधानीपूर्वक सदस्य अनुकूल सेवा प्रदान गरिरहेको छन् र सहकारी व्यवसाय संकटको बेलामा शसक्त भई सेवा दिइरहेका छन् , जसको फलस्वरुप: समुदायमा आधारित सहकारी संस्थाको विश्वास बढेको छ । हरेक संकटको बेला समुदायको सहकारीमा सदस्यहरुको विश्वासले गर्दा तरलता बढेको हामीले पाएका छौं । यस्तो संकटको बेलामा पनि बचत तथ ऋण सेवामा कुनै अवरोध नराखी सामान्य अवस्थाकै सेवाहरु प्रदान गर्न सफल भइरहेको छ” भन्नुभयो ‌। सहकारी सञ्जालसँग कुरा गर्दै  उहाँले बन्दाबन्दीको अवस्थाले सहकारीको ऋणको सावाँ र व्याज असुलीमा केही समस्या आएको छ । ऋण असुली हुन नसक्दा सदस्य संस्थामा ऋण योग्य रकम र तरलता अभाव हुन नदिनका लागि ९.५ प्रतिशतमै सहकारीको व्यवसाय प्रवर्द्धन गर्न एउटा संस्थालाई रु.८० लाखसम्मको नयाँ विशेष ऋण सेवा सञ्चालनमा ल्याएको बताउनुभयो । सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले हरेक संकटलाई अवसरको रुपमा लिनुपर्ने  बताउर्दै यस संघबाट विनाशकारी भूकम्पबाट क्षति पुगेका घर निर्माणका लागि ८ प्रतिशतमा पुन: निमार्ण ऋण लगानी भइरहेको छ भन्नुभयो । उहाँले तरलता अभाव भएको बेला विना धित्तोमै रु. ४० लाख सम्मका ऋण सहकारीको दिगो विकासको लागि ५ बर्षे सहकारी दिगो ऋण ११.५ प्रतिशतका सेवाहरु सञ्चालन गरेको बताउनुभयो । सो संघको वासलात हालसम्म रु. ९२ करोड पुगेको, जसमा रु.८५ करोड बचत तथा ऋण संकलन भएको कुरा उहाँले जानकारी दिनुभयो । भक्तपुर जिल्लामा सहकारीमा हाल तरलता अधिक भई समस्या भइरहेको उहाँको भनाई छ ‌।

Leave a Reply