९८औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा गरे सहकारीकर्मीहरुले शुभकामना आदान प्रदान
आज ९८औँ सहकारी दिवस । यस दिवसको अवसरमा संसार भरका सहकारी संघ संस्थाहरुले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका छन् । नेपालमा पनि आज भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याल, राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मीनराज कँडेल, सो महासंघकी वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष, के.बी. उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याल, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष सुरेन्द्र भण्डारी, नेपाल केन्द्रीय कृषि सहकारी संघ लि.का अध्यक्ष खेम पाठक, नेपाल केन्द्रीय माहुरी सहकारी संघ लि.का अध्यक्ष अर्जुन पोखरेल, नेशनल को-अपरेटर्स एलायन्स नेपालका केन्द्रीय सह-अध्यक्ष गोविन्दप्रसाद शर्मा , सहकारी विज्ञ डा. ज्ञानेन्द्रप्रसाद पौडेल, जिल्ला सहकारी संघ लि., काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ, जिल्ला सहकारी संघ लि., ललितपुरका अध्यक्ष माधव दुलाल, बागमती प्रदेश सहकारी संघ लि.का उपाध्यक्ष जगतलाल महर्जन, कास्कूनका अध्यक्ष दीपक पनेरु, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजु , ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाई, सोही संघका नि:बर्तमान अध्यक्ष रामशरण घिमिरे सहितका विभिन्न सहकारी संघ संस्थाका अध्यक्ष एवं सहकारीकर्मीहरु लगायतले शुभकामना व्यक्त गर्नु भयो । कोरोना भाइरस(COVID-19) महामारीका कारण यो दिवसको अवसरमा यस वर्ष नेपालमा खासै औपचारिक कार्यक्रम नभई शुभकामना आदान प्रदान मै सिमित हुन पुग्यो । हरेक वर्ष जुलाई महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ ।

