चन्द्र गोविन्द महर्जनलाई निर्विरोध अध्यक्ष चयन गर्दै ठेचो सहकारी समन्वय समितिको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

0 Shares

ललितपुरको ठेचो सहकारी समन्वय समितिको तेस्रो वार्षिक साधारणसभा फ्रेण्डस बचत तथा ॠण सहकारी संस्था लि.को सभाहलमा चन्द्र गोविन्द महर्जनको अध्यक्षतामा ठेचो सहकारी समन्वय समिति निर्माण गर्दै आज सम्पन्न भएको छ। सो साधारणसभाले निर्विरोध निर्वाचित गरेको उक्त समितिको उपाध्यक्षमा हरि भट्टराई,सचिवमा वशन्त माली,सहसचिवमा लक्ष्मीतारा डंगोल र कोषाध्यक्ष बुद्धिबहादुर महर्जन तथा सदस्यमा  लक्ष्मीभक्त महर्जन, कृष्णबहादुर महर्जन ,नवराज महर्जन, राजकुमार महर्जन , कवि बस्नेत, हिराकाजी महर्जन, निर्मला क्षेत्री ,चक्रबहादुर महर्जन,जयराम महर्जन, सुरेश महर्जन र कृष्णगोपाल महर्जन हुनुहुन्छ भने त्यस समितिको सल्लाहकारमा सानु महर्जनलाई सर्वसम्मतीले चयन गरेको छ ‌। ललितपुरको गोदावारी नगरपालिका-१२, ठेचोस्थित ठेचो सहकारी समन्वय समितिको सो साधारणसभा सामाजिक दुरी कायम गर्दै  सम्पन्न भएको थियो‌। त्यस अवसरमा ९८औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो ।

 

 

 

 

Leave a Reply