श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.,ठेचोले सार्वजनिक विदाको दिन बाहेक दैनिक कार्यालय सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ ।
– निर्मला क्षेत्री , अध्यक्ष , श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि., ठेचो
ललितपुरको गोदावारी नगरपालिका वडा नं १२, ठेचोमा रहेको श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.की अध्यक्ष निर्मला क्षेत्री सहकारी अभियान र सामाजिक कार्यहरुमा सक्रिय हुनुहुन्छ । उहाँसँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।
१) यति बेला के गर्दै हुनुहुन्छ ?
उत्तर : यतिबेला बेला विश्वब्यापी रुपमा मानव समुदायलाई नै आतंकित बनाएको कोरोना
भाइरसबाट बच्न र बचाउन जनचेतनामूलक कार्यक्रमहरुमा सहभागी हुँदै र संस्थाको काम तथा
घरायसी कामकाज र सामाजिक कार्यहरुमा व्यस्त छु ।२) तपाई नेतृत्वको श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.को गतिविधि के छ ?
उत्तर: श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. साविकको ठेचो गा.वि.स.को वडा नं १ देखि ९ सम्म शेयर सदस्यहरु रहेको र हाल गोदावरी नगरपालिका वडा नं. १२ ठेचो, ललितपुरमा रहेको यस संस्थामा कूल शेयर सदस्यहरु ७३६ जना ,एकल महिला १२० जना र बाल किशोरी ३४० जना रहेको जानकारी गराउँदछु । यस संस्थाबाट शेयर सदस्य बिस्तार ,बचत संकलन तथा सहुलियत दरमा ऋण प्रवाह गर्ने कार्य भइरहेको छ । सार्वजनिक बिदा बाहेक दैनिक यस संस्थाको कार्यालय सञ्चालन गर्दैछौ । बेला- बेलामा शेयर धनी सदस्यहरुलाई अनुशिक्षण तालिम पनि दिने गर्दछौँ। नेतृत्व विकास , लेखा परीक्षण र अरु संस्थाबाट आएको तालिममा पनिि सहभागी गर्ने गराउने गर्दछौँ । अवलोक भ्रमण गर्ने पनि गर्दछौ । संस्थाको वार्षिक लेखा परीक्षण गरी प्रत्येक वर्ष समयमै वार्षिक साधारण सभा गर्ने गर्दछौँ।
संस्थाका उत्कृष्ट शेयर सदस्य ,बचत कर्ता, बाल तथा किशोरी बचतकर्ता, एकल महिला बचतकर्तार राम्रो सँग कारोबार गर्ने शेयर सदस्यलाई सम्मान तथा पुरस्कृत गर्ने ,यस संस्थाका शेयर सदस्य रहनु भएका जेष्ठ नागरिक महिला र एकल महिलालाई दोसल्ला ओढाएर सम्मान गर्ने गरेका छौँ।
महिला दिवस, विश्व वातावरण तथा वृक्षारोपण दिवस एवं सहकारी दिवसमा सहभागी हुने
गर्दछौँ । गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा रहेका सार्वजनिक मठ मन्दिर, पाटी, पौवा, सत्तल, बाटो, कुलो, जङ्गल वरिपरी सर-सफाई कार्यक्रममा सहभागी जनाउँछौँ ।
संस्थाको शेयर सदस्य मृत्यु उपोरान्त श्रीमानको मृत्यु भएपनि अथवा सदस्यको मृत्यु भएपनि रु. ३,००० सहयोग स्वरुप: प्रदान गर्ने गरिएको छ ।शेयर धनी सदस्यहरुलाई संस्थागत पहिचानको निमित्त सहुलियत दरमा पोशाक उपलब्ध गर्ने सञ्चालक समितिका सदस्यहरुलाई परिचय कार्ड व्यवस्था जस्ता कार्य संस्थाको रहेको छ ।
३) यो संस्थाको शेयर सदस्य, शेयर पूँजी, निक्षेप संकलन, कर्जा लगानी र कुल कारोबार कति छ ?
उत्तर : यस संस्थाको २०७६ पौष १९ गते सम्पन्न १३ औं वार्षिक साधारण सभानुसार संस्थाको शेयर सदस्य संख्या ७३६कू, कूल शेयर सदस्य ७३६,शेयर कूल पुँजी २४,००,६००, निक्षेेप संकलन ९८,८३,३५७, कर्जा लगानी रु.१५२,३२,५७१.०३ र कूल कारोवार रु. १,५८,१२,१९४.३८ रहेको थियो भने अहिले त्यसमा वृद्धि हुुुने क्रम जारी छ । ।
४) यो संस्थाले गरेका अन्य कार्यहरु के कस्ता छन् ?
उत्तर : १) २०७६/२/२० का दिन संस्थाको सदस्यलाई झई झगडा पर्दा श्रीमान श्रीमती बीच मिलाएको ।
२) २०७६/२/२२ का दिन विश्व वातावरण दिवसको अवसरमा तथा सरसफाई कार्यक्रममा
सहभागी गोदावारी नगरपालिका -१२ नं. वडा कार्यलय परिसरमा ।
३) २०७६/२/२२ गतेका दिन ऋण उठाउन जाँदा झगडा मिलाएको श्रीमान-श्रीमती बीच कान्छी तामाङ्गले ।
४) २०७६/२/२७ देखि दैनिक बचत उठाउन थालेको ।
५) महिला तथा बालबालिका कार्यालयद्धारा २०७६/२/१४ गते देखि २०७६/२/१८ गते
सम्म सञ्चालित ५ दिने नेतृत्व तथा संस्थागत विकाश तालिममा सहभागीी- निर्मला क्षेत्री र करुणा थापा ।
६) २०७६/३/१६ देखि १८ सम्म क्षमता विकास तालिम सञ्चालन गरेको -गोपाल सञ्जेलबाट ।
७) २०७६/३/१९ गते बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरद्वारा सञ्चालन भएको बजेट तथा सम्पत्ति सुद्धिकरण तालिममा सहभागी — निर्मला क्षेत्री, करुणा थापा — संचय कोष भवन, लगनखेलमा ।
८) २०७६/४/२८ र २९ गते राष्ट्रिय सहकारी महासंघ लि.द्वारा सञ्चालन भएको वार्षिक योजना तथा बजेट तर्जुमा तालिम संचयकोष भवनमा कल्पना खत्री र करुणा थापा । तिरेको तालिम शुल्क –रु. ५,००० ।
९) २०७६/३/२ गतेका दिन देखि दैनिक बचत सङ्कलन गर्दै आएको ।
१०) २०७६/३/५ देखि दुई जना कर्मचारी नियुक्ति गरिएको ।
११) २०७५/१२/२५ मा बेथेगलमा ढल निकास व्यवस्थित गरेको ।
१२) २०७५/११/२४ मा गोदावारी नगरपालिकाका उप–मेयर, एकल महिला र प्रहरी सहितलाई समान सहितको कार्यक्रम गरी नारी दिवस मनाएको ।
१३)। २०७५/१२/१२ मा यस संस्थाका सदस्यहरुलाई साथमा लिएर लगनखेलबाट सुरु
भएर प्रभातफेरी मङ्गलबजारमा गएर समापन कार्यक्रम गरी सहकारी दिवस मनाइएको थियो ।
१४) २०७६/८/१२ गतेका दिन बहुउद्देश्यीय सम्पत्ति सुद्धिकरण तथा कर्जा व्यवस्थापन तालिममा तारा माली र लक्ष्मी थापा मगर सहभागी । ३,००० तालिम शुल्क तिरेको ।
१५) २०७६/८/२३ गते “समानताको पुस्ता बलात्कारी विरुद्धको एकताबद्ध” लैङ्गिक
हिंसा विरुद्धको १६ दिने अभियानमा संस्थाका सदस्यहरु सहित गोदावरी नगरपालिकामा महिला
तथा वालवालिका कार्यालयद्धारा आयोजित कार्यक्रममा अधिवक्ता वृन्दा महर्जनबाट लैङ्गिक हिंसा विरुद्धको अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरीएको ।
१६) गोदावारी नगरपालिका तथा सृजनशील फोहर मैला सेवा प्रा.लि. द्धारा सञ्चालित सरसफाई कार्यक्रममा सदस्यहरु सहित २०७६/८/२५ सहभागिता भएको वडा कार्यालयदेखि सिद्धिविनायक मन्दिर हुदै पिङ्गल, लाछी, तननी हुँदै वडा कार्यालयमा आई ¥याली समापन गरीएको ।
१७) २०७६/१०/१७ गतेका दिन गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सम्बन्धी १ दिने तालिमका क्रममा सहभागिता जनाएको । आयोजक–सहयोगी संस्था २ं ।१८)
१८) २०७६/१०/१८ गते शनिबारका दिन चापागाउँ प्रहरी वृतको आयोजनामा वाल मन्दिर चौरमा सरसफाई कार्यक्रममा सहभागिता भएको ।
१९) गोदावारी नगरपालिका-१२ नं. वडा कार्यालयसँग समन्वय गरी २०७६/५/२५ मा
गोदावरी नगरपालिका १२ स्थित गलावन वरिपरि वृक्षरोपन कार्य सम्पन्न गरिएको ।
२०)। नारी दिवश कार्यक्रम २०७६/११/२५ का दिन श्री सुनगाभा महिला विकास
््््््््््््््््््््््््््््््््््््््््््््
२१) बहुउद्देश्यीय सहकारी संस्था लि. द्धारा विभिन्न ¥याली सहित नारी तथा एकल महिला सम्मान गरी मनाईयो।
२२) य मिश्री महर्जन– साविक १ नं वडा
य््मैया थापा मगर– साविक ९ नं वडा
२३) य सूर्य लक्ष्मी शाही– साविक ५ नं वडा
य मन कुमारी लिम्बु– साविक ५ नं वडा
य तुयु कपाली– साविक १ नं वडा तथा
नयाँ सदस्यहरु ३ दिने अनुशिक्षण तालिममासहभागी भएको- महिला तथा बालबालिका शाखाद्धारा २०७६ फाल्गुण१३,१४,१५ गतेसम्म सञ्चालन भएको तालिममा।
२४) सञ्चालक समितिका पदाधिकारीहरुलाई क्ष्म कार्ड बनाएको २०७६÷११÷१५ मा ।
२५ ) यस संस्थाको सदस्य श्री राधा न्यौपानेलाई सहयोग स्वरुप: रु.५,००५÷– सहयोग गरेको दीर्घ रोगी । यसैगरी यस संस्थाको सदस्य श्री निशा थापा मगरलाई यस श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय ्सहकारी संस्था लि. बाट २०७७÷१÷७ का दिन यस संस्थाका दीर्घ रोगी (क्यान्सर पीडित) लाई सम्मान स्वरुप: रु.५,००५÷– रकम प्रदान गरिएको छ ।
२६) यस संस्थाकी अध्यक्ष श्री निर्मला क्षेत्रीबाट वि जेश्वब्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को कारण गर्दा यस श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. लाई सहयोग स्वरुप तीन महिना (असार सम्मको) कोठा भाडा मिनाहा भएको छ । २०७७÷१÷९ मा रु.२५,५००÷– सहयोग प्रदान ।
२७) मिति २०७७÷३÷५ का दिन यस संस्थाका सदस्य श्री तारा थापा मगरको श्रीमानको मृत्यु
हुँदामा वहाँलाई भेटघाट तथा सहयोग रु.३,०००÷– रकम प्रदान गरियो । त्यसै गरी
यसै संस्थाको सदस्य श्री तुईसिली मालीलाई श्रीमानको मृत्यु हुँदा वहाँलाई
भेटघाट कार्यक्रम तथा सहयोग रु.३,००० फलफूल सहित प्रदान गरियो ।
२०७७÷१÷५ मा गरेका कार्यहरु
१) यही मिति २०७७÷२÷१४ का दिन यस गोदावरी १२ स्थित भाडा गरी बस्ने श्री राम
कुमार भुजेललाई यस श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.को
तर्फबाट रु.१,५०५÷– सहयोग स्वरुप प्रदान गरियो । तथा यस सहकारीको अध्यक्ष श्री
निर्मला क्षेत्री ज्यूबाट आफ्नो व्यक्तिगत तर्फबाट १०,१०५÷– प्रदान गरी सहयोग
गर्नु भएको छ । उहाँ खुट्टाको क्यान्सर पिडित हुनुहुन्छ ।
२) यही मिति २०७७÷२÷१४ का दिन यस सहकारीका शेयर सदस्य श्री गंगा के.सी.को
पाठेघर क्यान्सर पिडित हुनुहुन्छ । उहाँलाई सहयोग स्वरुप यस संस्थाबाट
रु.५,००५÷– प्रदान गर्नु भएको छ ।
३) मिति २०७७÷२÷१८ गतेका दिन यस श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी
संस्था लि.का अध्यक्ष श्री निर्मला क्षेत्री ज्यूबाट स्यानिटाइजर स्टयाण्ड उपलब्ध
गराउनको लागि रु.६,००५÷– सहयोग स्वरुप प्रदान गर्नु भएको छ । (हाम्रो शोभा गृह
जेष्ठ नागरिक वृद्धा आश्रम)
५) यो संस्थाको भावी कार्यक्रम के छ ?
उत्तरः यो संस्थाको भावी कार्यक्रम के छ भने नेपाल सरकारको महिला तथा बालबालिका
शाखा र जिल्ला डिभिजन हाल गोदावरी नगरपालिकाका सहकारी कार्यलयको निर्देशन
बमोजिम यस संस्थाको भावी कार्यक्रम जस्तैः–
१. शेयर सदस्य वृद्धि गर्ने ।
२. शेयर रकम बढाउने ।
३. घरायसी झई झगडालाई न्यूनिकरण गर्ने ।
४. शिप मूलक तथा आय आर्जन कार्यक्रमहरु सञ्चालन गराउने ।
५. हाल गर्दै आईरहेको कार्य जस्तैः– सर–सफाई कार्यक्रम, घरेलु महिला हिंसा
न्यूनिकरण, लैङ्गिक हिंसा न्यूनिकरण जस्ता कार्यहरुलाई निरन्तरता दिने ।
६. सामाजिक कार्यहरुलाई विशेष प्राथमिकता दिने ।
७. सामुहिक कृषि व्यवसाय गर्न चाहने महिला सदस्यहरुलाई यस संस्थाले सर्व सुलभ तरिकाले
कर्जा उपलब्ध गराउने ।
८. दीर्घ रोग भएका संस्थाका शेयर सदस्यहरुलाई औषधि उपचार स्वरुप प्रति व्यक्ति
नगद रु. ५,०००÷– प्रदान गरिने ।
९. संस्थाका सदस्यका जेहेनदार बालबालिकालाई अवल्ल नम्बर ल्याएर
एस.ई.ई.उत्तिर्ण गरेकालाई सम्मान गर्ने ।
६) महिला सहकारीले भोगेका समस्या के छन् ? महिला सहकारीको विकासका लागि
सरकारले के गर्नु पर्ला ?
उत्तरः महिला सहकारीले भोगेका समस्याको कुराहरु त धेरै छन् । महिला सहकारीका
सञ्चालक, व्यवस्थापक, कर्मचारीहरुलाई दुस्तदुरुस्त बनाउन सरकारले छुट्टै निर्णय मुखी
देखिने कार्यहरु गर्नुपर्छ । जस्तै लेखा परीक्षण, कार्यालय सञ्चालन, कानुनी प्राविधिक
कुराहरु, विभिन्न तालिमहरुलाई सरकारले प्राथमिकता दिनुका साथै बास्तविक महिला सहकारी
संस्थाहरुलाई न्यूनतम ब्याजदर कर्जा लगानी अथवा अनुदान जस्ता कार्यमा सरकारले
सहयोग गर्नुपर्छ जस्तो लाग्छ ।
७) सहकारी ऐन २०७४ संशोधन हुने चर्चा चलिरहेको छ, यो ऐन तथा सहकारी
नियमावलीका मुख्य कुन विषय संशोधन गर्नुपर्ला जस्तो लाग्छ तपाईलाई ?
उत्तरः सहकारी ऐन २०७४ संशोधन हुने बारे मैले पनि हल्ला सुनेको छु । नेपाल
सरकारले सहकारी ऐन र नियमावलीहरु बनाउदा सरोकारवालाहरुको हितमा बने हुन्छ । यसमा
मैले यस्तो बन्नु पर्छ भन्नु भन्दा सरोकारवालाको हितमा हुनुपर्छ, त्यस्ता कानुन, ऐन र
नियमावली बन्दा राम्रो हुन्छ र महिलाहरुको हितमा रहेर सहकारी ऐन बनाउदा अमर
राम्रो हुन्छ कि जस्तो लाग्छ ।
८) सहकारी विकासका लागि राज्यले के गर्नु पर्ला ?
उत्तरः सहकारी विकासका लागि राज्यले के गर्नु पर्ला भन्दा राज्यले गर्ने ऐन कानुन
नितीनियम, विधि विधान सहकारी मैत्री हुनुपर्छ । सहकारी नियमन प्रभावकारी हुनु पर्छ ।
सहकारीका मूल्य मान्यता, सिद्धान्तलाई सही ढङ्गले व्यवहार उत्र्तानु सहजिकरण गर्नु पर्छ
। विपद्मा परेका ऋणीहरुलाई र व्यवसायीहरु लाई सम्बोधन गर्नुपर्छ ।
९) सहकारी सन्दर्भ ब्याजदर सहकारी एकीकरण बारे तपाईको के भनाई छ ?
उत्तरः सहकारी सन्दर्भ ब्याजदर भिन्ना भिन्नै छन् ।कही १६% ब्याजदर छन् त कही
१८% ब्याजदर । हरेक सहकारीले आ–आफै तरिकाले ब्याजदर लिई राखेका
हुन्छन् , तर हाम्रो यस श्री सुनगाभा महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.ले महिलाहरुको
हितमा रहेर १२% मात्र ब्याजदर लिई ऋण उपलब्ध गराई राखेका छौ । सहकारी संस्था
एकीकरणमा भने एउटै उद्देश्य बोकेका उस्तै कार्य भएको संस्था बीच एकीकरण हुँदा
राम्रो हुन्छ ।
१०) तपाईले व्यक्तिगत रुपमा सामाजिक कामहरु प्नि गर्नु भएको छ की ?
उत्तरः मैले पनि व्यक्तिगत रुपमा धेरै नै सामाजिक कामहरु गरेकी छु ।
१. २०७६÷१०÷७ मा संस्थाका शेयर सदस्य ऐपेन्डिक्स रोगी राधा न्यौपानेलाई
औषधि उपचार स्वरुप रु.३,००५÷– प्रदान गरिएको ।
२. २०७६÷१०÷१५ मा सुशन बजगाई महांकाल गाउँपालिका वडा नं २, मानिखेल,
ललितपुर निवास बस्ने बोनम्यारो क्यान्सर पिडितलाई रु.७,००५÷– सहयोग प्रदान
गरिएको ।
३. २०७६÷१०÷१५ गतेका संसार भर कोरोना भाईरस कोभिड–१९ का कारण लकडाउनमा
बसेका बेला मेरो घर भाडामा बस्ने चार परिवारलाई चामल, दाल, चिनी, तेल, नुन, आलु
इत्यादि राहत बाडेको थियो ।
४. धापाखेल स्थित हाम्रो शोभा गृह वृद्धा आश्रममा पनि कोरोना महामारीको बखतमा केही
राहत जस्तैः– ४ बोरा चामल, १० किलो दाल, १० किलो चिउरा, १० किलो चिनी, १० किलो आटा,
तेल १० पाकेट, १० किलो आलु र १० पाकेट बिस्कुट राहत स्वरुप प्रदान गरिएको थिए ।
५. यसै गरी कोरोना महामारीको बन्दाबन्दी हुँदा बाँडेगाउँको मानव सेवा
आश्रममा पनि चिउरा २० के.जी., घ्यू ५ लिटर, गहुँको पिठो १० के.जी., चिनी ५
के.जी., आलु १० के.जी. राहत प्रदान गरिएको छु ।
कोरोना भाईरसका कारण संस्थालाई सहयोग गरेका कामहरु ः
६. २०७७ साल वैशाख, जेष्ठ, असार सम्मको गरी ३ महिनाको लागि कोठा भाडा छुट गरेको
।७. संस्थाको लागि नै सामाग्रीहरु सहयोग गरेको जस्तैः–
१. टेबल १ थान
२. मेच १ थान
३. संस्थाको साइनबोर्ड २ थान
८. घर भाडा बस्नेहरु चार परिवारलाई ३ महिनाको कोठा भाडा छुट गरेको ।
९. बज्रबाराही मन्दिर परिसरमा बादर, कुकुर र परेवाहरुलाई केरा, बिस्कुट, गहुँ, मकै
खुवाएको ।
१०.यस सहकारीका शेयर सदस्य श्री गंगा के.सी.लाई पाठेघर क्यान्सर भएकोले उपचार
खर्च स्वरुप रु.५,००५÷– प्रदान गरेको ।
११. २०७७÷२÷२३ गतेका दिन गोदावरी नगरपालिका वडा नं १२, ठेचो स्थित
बेलुवनाराम बिहारमा १२० के.जी.चामल १२० के.जी., दाल १० के.जी., चिनी १०
के.जी., नून ५ के.जी., तेल ५ लिटर, चियापट्टी १ के.जी., आलु ५ के.जी. राहत
वितरण गरेको ।
१२. विपत व्यवस्थापनको लागि गोदावरी नगरपालिकाको कोरोना राहत कोषमा सहयोग स्वरुप: रु.२५,००० सहयोग गरिएको छ ।
१३. उदयपुर निवासी क्यान्सर पिडित राम बहादुर भुजेललाई सहयोग रु.१०,१०५ प्रदान गरियो ।
१४. संस्थाका शेयर सदस्य क्यान्सर पिडित गंगा के.सी.लाई सहयोग रु.५,००५ प्रदान गरियो ।
१५. ललितपुर म.न.पा, वडा नं २३, धापाखेल स्थित हाम्रो शोभा गृहलाई खुट्टाले
चलाउने सेनिटाईजर मेसिन उपलब्ध गराई दिएको ।
११) यो लकडाउनको बेलामा यस संस्थाबाट कसरी शेयर सदस्यहरुलाई सेवा प्रदान गरी रहनु भएको छ ?
उत्तर : लकडाउनको बेलामा यो संस्थाको कार्यालय नै बन्द गरियो । पछि सामाजिक दुरी
कायम गरी मास्क, साबुन र सेनिटाइजरको प्रयोग गरी सदस्यहरुलाई सेवा पु¥याएका थियौं । सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखेर दैनिक ३ घण्टा संस्थाको कार्यालय खोली सदस्यहरुलाई बचत फिर्ता तथा ऋण लगानी गरियो । सदस्यहरुलाई ब्याज तथा ऋण तिर्नको लागि बाध्य गराएका छैनौं ।
१२) अन्तमा केही भन्नु छ कि ?
उत्तर : हाम्रो सहकारी संस्थाको बारेमा छोटकरीमा परिचय गराउने अवसर प्रदान
गर्नुभएकोमा सहकारी सञ्जाल पत्रिका परिवारलाई धन्यवाद व्यक्त गर्दछु , साथै संस्थाको अध्यक्षको हैसियतले सहकारी क्षेत्रका विविध बिषयमा आफ्ना धारणा र विचार राख्ने मौका मिलाइदिनु भएकोमा तपाईलाई पनि धन्यवाद दिन चाहन्छु ।

