टेवा बहुउद्देश्यीय सहकारी संस्था लि., हात्तीबन,ललितपुरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
ललितपुरको हात्तीवनमा रहेको टेवा बहुउद्देश्यीय सहकारी संस्था लि. को स्वास्थ्य हितकोष उप-समितिको आयोजनामा आज सोही संस्थाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । सो संस्थाको स्वीकृत बार्षिक नीति तथा कार्यक्रम अनुसार ललितपुर रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ५६ जना रक्तदाताहरुले रक्तदान गर्नुभयो । सोही कार्यक्रममा त्यसै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा उप-समितिहरुका पदाधिकारी एवं सदस्यहरु, सल्लाहकाहरु, शेयर सदस्यहरु, कर्मचारीहरु र स्थानीय बासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सो कार्यक्रमका संयोजक प्रकाश खड्काले टेवा स्वास्थ्य हितकोष उप-समितिको आयोजनामा भएको त्यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो भने त्यस कार्यक्रममा सो संस्थाका अध्यक्ष कुमार गिरी लगायतले रक्तदाताहरुलाई प्रमाण-पत्र प्रदान गर्नुभयो ।




त्यस संस्थाका अध्यक्ष गिरीले ९८औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।

