आफ्नो १९औँ स्थापना दिवसको अवसरमा श्री आरती बहुउद्देश्यीय सहकारी संस्था लि., पथरी शनिश्चरे, मोरङको आयोजनामा असार २२ गते रक्तदान कार्यक्रम हुने

0 Shares

मोरङको पथरी शनिश्चरे नगरपालिका-१, मा रहेको श्री आरती बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा विगतका वर्षहरुमा झैं यस वर्ष पनि यही असार २२ गते खुला रक्तदान कार्यक्रम गर्न लागेको जानकारी प्राप्त भएको छ । कोरोना भाइरस(COVID-19) का कारण अन्य औपचारिक कार्यक्रम स्थगित गरिएपनि रगतको अभावलाई मध्यनजर गर्दै सो रक्तदान कार्यक्रम आयोजना गर्न लागेको उक्त संस्थाको भनाई छ । नेपाल रेडक्रस सोसाईटी, धरान, सुनसरीको प्राविधिक सहयोगमा हुन लागेको उक्त रक्तदान कार्यक्रम विहानको ९ :०० बजेदेखि शुरु हुने बताइएको छ  । त्यस अवसरमा व्यक्तिगत रुपमा ५ पटक भन्दा बढी रक्तदान गर्ने व्यक्ति तथा सो कार्यक्रममा ५ जना भन्दा बढी रक्तदाताहरुबाट रक्तदान गराउने संस्थालाई सम्मान सहित पुरस्कृत गरिने आयोजकले बताएका छन् ।

 

 

 

स्था्था्था्थ्था्था््था्था्थ्था्था्था्थ्था्था््था

 

 

 

 

 

Leave a Reply