उत्कृष्ट केन्द्रीय संघको रुपमा पुरस्कृत भएसँगै नेफ्स्कूनद्वारा खुशी व्यक्त, नमुना कुप सञ्चालनका लागि शुभलक्ष्मी सहकारी संस्था, लि.गौरादह, थापाले पायो रु.१५ लाख अनुदान

0 Shares

९८औँ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा राष्ट्रिय सहकारी महासंघ लि.को २७औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट केन्द्रीय संघको रुपमा पुरस्कृत भएसँगै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कूनले) ले खुशी व्यक्त गरेको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले नेफ्स्कूनलाई उत्कृष्ठ केन्द्रीय संघको रुपमा पुरस्कृत हुने अवस्था निर्माण हुने गरी कार्य सम्पादन गरिरहेका नेफ्स्कूनको व्यवस्थापन तथा कर्मचारीहरु लगायतलाई धन्यवाद दिनु भएको छ ।

यही असार २० गते ‘मर्यादित कामका लागि सहकारी’ भन्ने नारा रहेको ९८ औ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा राष्ट्रिय सहकारी महासंघ लि.को २७औँ स्थापना दिवसको अवसरमा सोही महासंघको सभाहल, पुल्चोक, ललितपुरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले उत्कृष्ठ केन्द्रीय संघको रुपमा नेफ्स्कून, उत्कृष्ठ जिल्ला सहकारी संघको रुपमा जिल्ला सहकारी संघ लि.,बाँके तथा उत्कृष्ठ कार्य गरिरहेका

काठमाडौंको चन्द्रागिरी नगरपालिकाको थानकोटमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि., कास्कीको पोखरा महानगरपालिका-१०, अमरसिंह चोकमा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.र जन उत्थान बचत तथा ऋण सहकारी संस्था लि.,रुपन्देहीलाई पुरस्कृत गर्नुका साथै उत्कृष्ठ कार्य गर्ने सहकारीकर्मीहरुलाई सम्मान गर्नुभएको थियो। सो अवसरमा मन्त्री अर्यालले झापाको गौरादहमा रहेको शुभलक्ष्मी सहकारी संस्था लि.लाई नमुना कुप(सहकारी पसल) सञ्चालन गर्न रु.१५ लाख अनुदान प्रदान गर्नु भएको थियो । यस अघि नमुना कुप सञ्चालनको लागि भक्तपुरको एक उपभोक्ता सहकारी संस्थालाई  पनि अनुदान सहयोग प्रदान गरिएको थियो । त्यस अवसरमा पुरस्कृत तथा सम्मानित हुनेहरुलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केदार न्यौपाने, राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मीनराज कँडेल तथा वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्ल, सोही महासंघका भूतपूर्व अध्यक्षद्वय दीपकप्रकाश बास्कोटा र केशवप्रसाद बडाल , राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल लगायतले बधाई ज्ञापन गर्नु भएको थियो । पुरस्कृत हुने सहकारी संस्थाहरु, अनुदान पाएको शुभलक्ष्मी सहकारी संस्था लि., गौरादह, झापा तथा सम्मानित हुने सहकारीकर्मीहरुले खुशी व्यक्त गरेका छन् ।

त्यसैगरी सो अवसरमा राष्ट्रिय सहकारी महासंघ लि.,नेपालबाट संघ स्तरोन्नति कार्यक्रम अन्तर्गत  केन्द्रीय दुग्ध सहकारी संघ लि. काठमाडौं, जिल्ला सहकारी संघ लि. दार्चुला , जिल्ला सहकारी संघ लि. पाल्पा, स्याङ्जा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ,ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ,वहुउद्देश्यीय सहकारी संघ लि.,काठमाडौं, सिन्धुली बचत तथा ऋण सहकारी संघ लि. ,सप्तरी  जिल्ला बचत तथा ऋण सहकारी संघ लि. , जिल्ला कृषि सहकारी संघ लि. मोरङ र जिल्ला सहकारी संघ लि. ,तेह्रथुमलाई १/१ थान कार्यालय उपकरण र प्रिन्टर प्रदान गरिएको थियो ।

सोही दिवसको अवसरमा सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था लि.ले सखुवा सहितका ३५० विरुवा रोपेको छ । उसले आफ्नो सामाजिक विकास कोषबाट रु.१,५०,००० सर्लाहीको हरिवन नगरपालिका वडा नं.१ सखुवनीका ३१ परिवारका लागि खानेपानीको मोर्टर लगायतका विद्युतीय सामाग्री खरिदका लागि सहयोग गरेको जनाएको छ ।

 

्ए्क्ए््ए्क्ए्ए्क्ए््ए्क््ए्क््ए्क्ए्््

Leave a Reply