सहकारी कर्जा सूचना केन्द्र जति सक्तो छिटो स्थापना होस् : किलाघ: बहुउद्देश्यीय सहकारी संस्था लि.का प्रवन्धक रामकृष्ण महर्जन

0 Shares

काठमाडौं महानगरपालिका-१८, किलागलमा रहेको किलाघ:  बहुउद्देश्यीय सहकारी संस्था लि.का प्रवन्धक रामकृष्ण महर्जनले ‘राज्यले जति सक्तो छिटो सहकारी कर्जा सूचना केन्द्र र असुली न्यायाधिकरण स्थापना गरी सहकारी संघ/संस्थाहरुको कर्जालाई व्यवस्थित गर्ने कार्य गरोस् ‘ भन्नु भएको छ ‌। सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले सहकारी कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण कार्यान्वयनमा आएसँगै यसले सहकारी संघ/संस्थाहरुको कर्जालाई व्यवस्थित गरी वित्तीय तरलता सन्तुलनमा आउन सक्ने र यसैका कारण सहकारी  क्षेत्रमा दोहोरो सदस्यताको कानुनी  प्रावधान आवश्यक नपर्ने बताउनुभयो । ‘स्थानीय समुदायमा आधारित किलाघ: बहुउद्देश्यीय सहकारी संस्था लि.लाई लकडाउनले केही अशर गरेपनि लकडाउन खुकुलो भएसँगै क्रमश: यस संस्थाको कारोवार राम्रो सँग भइरहेको छ र यस संस्थाले लकडाउनभरीको हर्जाना मिनाहा गर्नुका साथै लकडाउन अवधिको भाका नाघेको कर्जाको नवीकरणको लागि ३ महिना  समय थप गरिएको ‘ उहाँको भनाई छ ।

Leave a Reply