पानस साकोस, बनेपाले आयोजना गरेको सेनिटाइजर बनाउने तालिम प्रभावकारी बन्यो

0 Shares

काभ्रेपलाञ्चोकको  बनेपा नगरपालिका-८, मा रहेको पानस बचत तथा ऋण सहकारी संस्था लि.को महिला उप-समितिले आयोजना गरेको सेनिटाइजर बनाउने तालिम प्रभावकारी भएको देखिएको छ । सो तालिमका सहभागीहरुले कोरोना भाइरस(COVID-19) महामारीको समयमा आयोजना गरिएको सेनिटाइजर बनाउने तालिमबाट जीवन उपयोगी  कुरा सिक्न पाएको बताएका छन् ।

उक्त संस्थाका अध्यक्ष  सुशन राजवंशीको प्रमुख आतिथ्यतामा यही असार १३ गते सेनिटाइजर बनाउने तालिम सोही संस्थाको आफ्नै कार्यालयमा सम्पन्न भएको थियो ‌। प्रशिक्षकद्वय सोनी मानन्धर र रसिद छुस्यावागले घरेलु सेनिटाइजर बनाउने सीप सिकाउनु भएको त्यस तालिममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो। सो संस्थाका प्रवन्धक रोशन मानन्धरले कोभिड-१९ को महामारीबाट सुरक्षित रहन सहयोग पुगोस् भन्ने उद्देश्यले आयोजना गरिएको यो तालिममा घरेलु सेनिटाइजर बनाउने सीप र त्यसको उपयोग गर्ने तरिका सिकाइएको बताउनुभयो ।

 

्ए्ए्ए्ए्ए्ए्ए््ए्ए्ए्ए्ए््ए्ए्ए्

Leave a Reply