बर्दियाको ठाकुरबाबा नगरपालिकाको भुरीगाउँका हाम्रो मध्यवर्ती साकोस र राधाकृष्ण साकोस वीच एकीकरण सम्पन्न

0 Shares

बर्दियाको ठाकुरबाबा नगरपालिकाको भुरीगाउँमा रहेका हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. र राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लि. बीच यही असार २२ गते एकीकरण सम्पन्न भएको जानकारी प्राप्त भएको छ । सांसद सञ्जय गौतमले सो एकीकरणको घोषणा गर्नु भएको थियो । ती दुई संस्था वीच एकीकरण सम्पन्न भएकपछि एकीकृत संस्थाको नाम हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. रहेको छ भने सो संस्थाको ७ हजार भन्दा बढी शेयर सदस्य, रु.३ करोड ५० लाख शेयर ,रु.२१करोड ५० लाख निक्षेप संकलन र ३० करोड २५ लाख कारोवार रहेको बताइएको छ । एकीकृत संस्थाको सञ्चालक समितिको अध्यक्ष नवराज न्यौपाने र प्रवन्धक गणेशबहादुर थापा रहनु भएको छ । वर्षको ३६५ दिन नै सञ्चालन भई सो संस्थाले आफ्ना शेयर सदस्यहरुलाई १७ प्रकारका बचत र १४ प्रकारका कर्जा सुविधा प्रवाह गर्ने भएको छ । आफ्ना शेयर सदस्यहरुको सुविधालाई मध्यनजर गरी त्यस संस्थाले मुख्य कार्यालयका अतिरिक्त ६ वटा सदस्य सेवाकेन्द्र र २ बचत संकलन सञ्चालन गर्ने बताइएको छ ।

Leave a Reply