याल्मु खोलाको बाढीले सिन्धुपाल्चोकको बाह्रविशे-५, जम्बुमा रहेको श्री जम्बु साकोसको मुख्य कार्यालय बगायो, सो संस्थाकी उपाध्यक्ष सविना तामाङ सहित सहकारीकर्मी तथा व्यवसायी बेपत्ता

0 Shares

अविरल वर्षाका कारण पहिरो जाने र खोलाहरुमा बाढी आउने क्रम जारी छ । बाढी र पहिरोको कारण जनधनको क्षति हुने क्रम जारी छ । बाढी र पहिरो कै कारण ३६ जना भन्दा बढीको ज्यान गएको छ भने ४६ जनाभन्दा बढी बेपत्ता भएको खबर प्राप्त भएको छ ।

यही असार २४ गते याल्मु खोलामा अकस्मात बाढी आउँदा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५, जम्बुमा मुख्य कार्यालय रहेको  श्री जम्बु बचत तथा ऋण सहकारी संस्था लि.को मुख्य कार्यालय बगाएको खबर प्राप्त भएको छ । जसका कारण सोही संस्थाका उपाध्यक्ष सविना तामाङ, बजार प्रतिनिधि सलिना तामाङका तथा बचतकर्ता सदस्यहरु चिनीमाया वाइबा , तोकबहादुर तामाङ, भीमबहादुर वाइबा, लीलामाया तामाङ, युक्तकुमारी लामा, लक्ष्मण वाइबा, सुबेश तामाङ, निकेश बस्नेत र माइली तामङ सहित २२ जना  बेपत्ता भएका र उनीहरुको खोजी भइरहेको बताइएकोत्यबताइएकोछ । बाढीले  सो कार्यालयमा रहेका नगद रु.४,७९,०००, रु.८०,००० मूल्य बराबरको कम्प्युटर  १ थान ,रु.४०,००० मूल्य बराबरको प्रिन्टर,१  थान, रु.१०,००० मूल्य बराबरको फाइल -याक १ थान, रु २५,००० मूल्य बराबरको काउण्टर १ थान, रु.३४,००० मूल्य बराबरको स्टिलको दराज २ थान , रु.९,५०० मूल्य बराबरको टेबल १ थान , रु.२४,००० मूल्य बराबरको कुर्सी २ थान , रु.२०,००० मूल्य बराबरको सोफा १ थान , रु.३८,००० मूूूूल्य बराबरको इन्भर्टर र ब्याट्री १/१ थान , रु.६,००० मूल्य बराबरको भ्याकुम क्लिन १ थान , रु ५,००० मूल्य बराबरको सूचना पाटी १ थान , रु ३,००० मूल्य बराबरको पङ्खा १ थान , सक्कल लालपुर्जा १० थान र संस्थाको दर्ता प्रमाण-पत्र सहित विधान, शेयर प्रमाणपत्र लगायत सबै कागज पत्रहरु बगाएको त्यसै संस्थाका अध्यक्ष जयबहादुर श्रेष्ठको भनाई रहेको प्राप्त खबरमा जनाइएको छ । उक्त घटनाप्रति विभिन्न सहकारीकर्मीहरु लगायतले दु:ख व्यक्त गरेका छन् ।

 

Leave a Reply