लकडाउन खुल्ना साथ नेपाल प्रजातान्त्रिक महासंघले राष्ट्रिय स्तरको कार्यक्रम गर्ने
नेपाल प्रजातान्त्रिक महासंघका अध्यक्ष गोविन्दप्रसाद शर्माले नेपाली काँग्रेसको वैचारिक तथा सुभेच्छुक संस्थाको रुपमा नेपाल प्रजातान्त्रिक महासंघले देशभर आफ्नो सञ्जाल विस्तार गर्दै गइरहेको र यसमा देशभरका बौद्धिक, पेशाकर्मी , सेवा निवृत्त राष्ट्रसेवक , उद्योगी, व्यवसायी र वित्तीय तथा सहकारीकर्मीहरु आबद्ध रहेको हुँदा अन्य संस्थाहरु भन्दा यसले फरक पहिचान दिएर मिशन, भिजन र गोलका साथ सबैलाई एकताबद्ध गर्दै अगाडि बढिरहेको बताउनुभयो । लकडाउन खुल्नासाथ यस महासंघको आयोजनामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा उप-सभापति , महामन्त्री सहित दर्जन केन्द्रीय नेताहरुलाई आमन्त्रण गरी राष्ट्रिय स्तरको कार्यक्रम गर्ने उहाँको भनाई छ ।

सोही महासंघका महासचिव भक्तराज भुषालले ‘नेपाल प्रजातान्त्रिक महासंघको ७ विषयगत समिति रहेकोमा त्यसमा लोकतान्त्रिक अध्ययन तथा विचार समिति र सहकारी अनुसन्धान तथा अध्ययन समिति थप गरी विषयगत समितिको संख्या ९ पु-याइएको बताउनुभयो ।
गोविन्दप्रसाद शर्मा अध्यक्ष र भक्तराज भुषाल महासचिव रहेको सो महासंघको १० आमन्त्रित केन्द्रीय सदस्य सहित ४१ सदस्यीय केन्द्रीय समिति रहेको छ भने ७७ वटै जिल्लामा यसले आफ्नो संगठन विस्तार गरेको बताइएको छ । ‘ बौद्धिक तथा पार्टीमा लामो समय योगदान पु-याएका व्यक्तित्वहरु यस महासंघको प्रदेश तथा जिल्ला तदर्थ समितिमा आइरहेको सोही महासंघका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य लेखनाथ पौडेलको भनाई छ ।
उक्त महासंघको हालै ७ वटै प्रदेश तदर्थ समिति गठन भएका छन् । जस अनुसार १ नं. प्रदेश तदर्थ समितिको संयोजक निखिल पोख्रेल र महासचिव शर्मिला अधिकारी , २ नं. तदर्थ समितिको संयोजक शम्भुनाथ यादव र महासचिव पञ्चलाल महतो, बागमती प्रदेश तदर्थ समितिको संयोजक भक्तराज भुषाल , महासचिव होमबहादुर खत्री र सचिव माधव दुलाल, गण्डकी प्रदेश तदर्थ समितिको संयोजक भरतराज शर्मा र महासचिव बोधराज ढकाल, ५ नं. प्रदेश तदर्थ समिति संयोजक चित्रबहादुर के.सी. र महासचिव तुलशी पाण्डे , कर्णाली प्रदेश तदर्थ समितिको संयोजक गोविन्दबहादुर मल्ल र महासचिव चन्द्रबहादुर थानी र सुदूर पश्चिम प्रदेश तदर्थ समितिको संयोजक गोविन्दराम परियार र महासचिव नाफु सिंह साउद हुनुहुन्छ ।
त्यस महासंघको प्रदेश तदर्थ समितिहरुको संयोजक र महासचिव क्रियाशील व्यक्तिहरु मध्येबाट छनौट गरिएको र यसका लागि २०७४ सालदेखि केन्द्रीय प्रतिनिधिहरुले कार्य गरिरहेका र तिनले कामको रिपोर्ट केन्द्रमा बुझाएको सो महासंघले जनाएको छ । त्यसै महासंघका बागमती प्रदेश तदर्थ समितिका सचिव माधव दुलालले नेपालमा लोकतन्त्र बलियो बनाउने गरी नेपाल प्रजातान्त्रिक महासंघले कार्य गरिरहेको बताउनुभयो ।

