लकडाउनले समस्यामा परी ऋण तिर्न नसक्ने ऋणीलाई सहयोग पुग्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउछ : गभर्नर अधिकारी

0 Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरस(COVID-19)को महामारीका कारण नेपाल सरकारले गरेको लकडाउनले समस्या परी ऋण तिर्न नसक्ने अवस्थाका ऋणीहरुलाई सहयोग पुग्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउछ भन्नु भएको छ ‌। नेपाल राष्ट्र बैंकले आयोजना गरेको वेभनारमा बोल्दै उहाँले कोरोना प्रभावलाई मध्यनजर गर्दै २०७७ साउनको पहिलो हप्ता भित्र नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको  मौद्रिक नीति जारी गर्ने बताउनुभयो । असहज परिस्थितिका कारण तिर्न नसक्ने अवस्थाका ऋणीलाई बैंकहरुले ऋण तिर्न दवाव नदिएको तर तिर्न सक्ने अवस्थाका ऋणीहरुले भने असार मसान्तभित्र ऋणको किस्ता र व्याज तिर्नु पर्ने उहाँको भनाई छ ।

बैंक तथा सहकारी सहितका वित्तीय संस्थाहरुबाट ऋण लिएर उद्यम  व्यवसाय गरिरहेका धेरै उद्यमी तथा व्यवसायीहरु लकडाउनले समस्यामा परेपछि उनीहरुलाई ऋणको किस्ता र साँवा बुझाउन धौ धौ परिरहेको देखिएको छ । लकडाउनले  समस्यामा परेका उद्यमी तथा व्यवसायी लगायतको पहिचान गरी तिनीहरुलाई राज्यले अनुदान वा न्युन व्याजदरमा कर्जा प्रवाह गर्नु पर्ने आवाज उठिरहेको छ ।

Leave a Reply