बहुउद्देश्यीय सहकारी संघ लि., भक्तपुरका अध्यक्ष सानुमान लामाको निधन

0 Shares

विगत लामो समयदेखि अस्वस्थ रहनु भएका बहुउद्देश्यीय सहकारी संघ लि.,भक्तपुरका अध्यक्ष तथा भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१, लोहकिल्थलीमा रहेको लोहकिल्थली सहकारी संस्था लि.का सचिव सानुमान लामाको हिजो निधन भएको समाचार प्राप्त भएको छ । अहिले विहान स्वयम्भूमा  बौद्ध परम्परा अनुसार उहाँको दाह संस्कार गरिन लागेको जिल्ला सहकारी संघ लि.,भक्तपुरका अध्यक्ष केदार खड्काको भनाई छ । उहाँको निधनप्रति  राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका अध्यक्ष मिनराज कँडेल, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष सुरेन्द्र भण्डारी, जिल्ला सहकारी संघ लि.,भक्तपुरका अध्यक्ष केदार खड्का, जिल्ला सहकारी संघ लि.,काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ, जिल्ला सहकारी संघ लि., ललितपुरका अध्यक्ष माधव दुलाल, बहुउद्देश्यीय सहकारी संघ लि., काठमाडौंका अध्यक्ष मनोज थापा मगर, बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका अध्यक्ष शरदकुमार महर्जन, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजु सहितका सहकारीकर्मीहरु लगायतले शोक व्यक्त गर्नु भएको छ ।

Leave a Reply