चन्द्रागिरि साकोसको कार्यक्षेत्र ललितपुर जिल्लाभर पनि थपियो
काठमाडौंको चन्द्रागिरी नगरपालिकाको थानकोटमा आफ्नै भवनमा मुख्य कार्यालय तथा २ वटा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.ले ललितपुर जिल्लाभर पनि कार्यक्षेत्र थपको अनुमति बागमती प्रदेश, सहकारी विभागबाट पाएको सो संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताउनु भएको छ ।
ले
उद्देश्य मिल्ने सहकारी संस्थासँग एकीकरण गर्दै अगाडि बढिरहेको उक्त संस्था नमुना सहकारीको पहिचान साथ अगाडि बढिरहेको छ ।

