म्याग्दीका पहिरो पीडितलाई नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले ग-यो सहयोग

0 Shares

नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ श्रेणीको नेपाल इन्भेष्टमेण्ट बैंक लि. (NIBL) ले भारी वर्षाको कारण म्याग्दी जिल्लामा लगातार गइरहेको पहिरोबाट गम्भीर पीडित नागरिकहरूलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सो बैकद्वारा आज जारी गरेको विज्ञप्तिमा आफ्नो  प्रशंसनीय संगठित सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम मार्फत उक्त बैंकको गण्डकी प्रदेशका प्रबन्धक बिभु श्रेष्ठ र पोखरा शाखा  प्रबन्धक धीरज थापाद्वारा जिल्ला समन्वय समितिका व्यवस्थापक  देवेन्द्रबहादुर के.सी. र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई २० वटा पाल (टेन्ट) र १०० वटा कम्बल प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी नायब उपरीक्षक किरणजंग कुँवर र सोही बैंकका  जलजला शाखा प्रबन्धक दिलेश अर्यालको पनि उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

बैकले उपलब्ध गराएका प्रति थान पालमा दश जनासम्मले आश्रय लिन सक्छन्। पहिरोका कारण विस्थापित हुनेको संख्या सयौं पुगेसँगै बैंकले पुनर्निर्माण र राहत कार्यमा योगदान दिनुपर्ने देखेर  सहयोगको हात बढाएको जनाएको छ । ‘सो पहिरो पीडितहरूलाई सहयोग पु-याउने बैंक तथा वित्तीय संस्थाहरूमध्ये नेपाल इन्भेेेेष्टमेण्ट बैंक लि.(NIBL) पहिलो संस्था हुन  पाउँदा गर्व अनुभूति गर्दछौँ ‘ उक्त विज्ञप्तिमा भनिएको छ ।

17/7/2020
Press Release:
Nepal Investment Bank Ltd. (NIBL) has pledged its support to people severely affected by the
ongoing landslide caused by continuous heavy rainfall in Myagdi District. Through its
commendable CSR (Corporate Social Responsibility) program, the bank representatives, Mr
Bibhu Shrestha, Province Manager of Gandaki and Pokhara Branch Manager – Mr. Dhiraj Thapa
donated 20 tents and 100 blankets to District Coordination Committee Manager – Mr. Devendra
Bahadur KC and Chief District Officer – Mr. Gyan Nath Dhakal. Deputy Superintendent of
Police, Mr. Kiran Jung Kunwar and NIBL Jaljala Branch Manager – Mr. Dilesh Aryal were also
present on the occasion.
The tents provided by the Bank can provide shelter for up-to ten people in each tent. The Bank
saw the need to contribute towards reconstruction and relief work after hundreds were displaced
due to the landslide. NIBL is proud to be the first bank amongst nepalese bank and financial
institutions to make a contribution towards the victims of landslide.

…………………………………………………………………

 

Leave a Reply