लामो समयदेखि तलब नपाउदा संस्थागत विद्यालय र कलेजका शिक्षक कर्मचारीहरु तनावमा

0 Shares

कोरोना भाइरस(COVID-19) को महामारीको जोखिमका कारण नेपाल सरकारले गरेको लकडाउनले लामो समयदेखि विद्यालय तथा कलेजहरु बन्द छन् । सोही कारण देखाउदै संस्थागत (निजी) विद्यालय र कलेजका सञ्चालकहरुले शिक्षक र कर्मचारीहरुलाई बैशाख महिनादेखि तलव दिएका छैनन् । कतिपय संस्थागत विद्यालयले त पुस महिनादेखि कै तलव शिक्षक  कर्मचारीहरुलाई नदिएको संस्थागत विद्यालय शिक्षक यूनियनको भनाई छ । श्रम गरेर पाएको तलवले गुजारा गर्नु पर्ने संस्थागत विद्यालय र कलेजका शिक्षक कर्मचारीहरु लामो समयदेखि तलव नपाएपछि तनावमा रहेको पाइएको छ । यतिञ्जेलसम्म त ऋणपान गरेर पनि जेनतेन गुजारा गरियो , अब चाहिँ गाह्रो परेको एक कर्मचारीले बताए । संस्थागत विद्यालय तथा कलेजका फाउण्डरहरु भने शिक्षण संस्था बन्द भएकोले शिक्षक कर्मचारीलाई तलव दिन गाह्रो भएको बताउछन् ।

यता लकडाउन भइरहदा पनि अनलाइन कक्षा सञ्चालन हुँदै आएकोमा प्याब्सन र एन प्याब्सनले सरकारलाई दवाव दिन भन्दै तिनीहरु कै  निर्देशनमा संस्थागत विद्यालयहरुले यही साउन १ गतेदेखि अनलाइन कक्षा बन्द गरी शिक्षक कर्मचारीहरुलाई बेतलवी विदा दिएका छन् । यसले शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकमा अन्यौल पैदा भएको देखिएको छ । लामो समयदेखि तलव नपाउदा तनावमा रहेकी एक शिक्षिकाले आफूहरुको समस्या सरकार र सरोकारवाला पक्षले तत्काल समाधान गर्नुको विकल्प नरहेको बताउनु हुन्छ । सरकारले यस विषयमा जतिसक्यो चाडो उचित निर्णय गरी संस्थागत विद्यालय र कलेजका शिक्षक कर्मचारी लगायतका समस्या समाधान गर्नु जरुरी देखिन्छ ।

यता निजी शिक्षण संस्था सधैका लागि बन्द गरी सार्वजनिक शिक्षण संस्थाको गुणस्तर बृद्धि गर्नु पर्ने आवाज पनि शसक्त ढंगबाट उठिरहेको छ ‌।

 

 

Leave a Reply