नेपाल प्रज्ञा प्रतिष्ठानले तयार पारेको नेपाली बृहत शव्दकोशको मोवाइल एप संस्करण प्रधानमन्त्री ओलीद्वारा सार्वजनिक, मोवाइलमा नेपाली बृहत शब्दकोश पढ्न सकिने
काठमाडौंको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानले तयार पारेको नेपाली बृहत शव्दकोशको मोवाइल एप संस्करण आज प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सार्वजनिक गर्नु भएको सो प्रतिष्ठानले जनाएको छ । ६४ हजार भन्दा बढी शब्द रहेको उक्त एप सार्वजनिक भएसँगै एण्ड्रोइड मोवाइल र आइफोनमा नेपाली बृहत शव्दकोष पढ्न सकिने नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. हेमनाथ पौडेलले बताउनु भएको छ । देश तथा विदेशबाट माग भए बमोजिम निर्माण भएको उक्त एप एण्ड्रोइड मोवाइलको प्लेस्टोर र आईफोनको एपमा गएर नि:शुल्क डाउनलोड गर्न सकिने प्राज्ञ डा. पौडेलको भनाई ।

नेपाल प्रज्ञा प्रतिष्ठानले पछिल्लो पटक प्रकाशन गरेको नेपाली बृहत शव्दकोशको मूल्य रु.१,३५० रहेको छ तर एकै पटक २ थान सो पुस्तक खरीद गर्ने ग्राहकलाई रु. प्रति थान पुस्तक रु.१,०८० मा खरीद गर्न व्यवस्था गरिएको बताइएको छ ।
त्यस अवसरमा नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले सो प्रतिष्ठानकाे वार्षिक प्रतिवेदन त्यसैै प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनु भएका प्रधानमन्त्री ओली र संरक्षक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री याेगेशकुमार भट्टराईसमक्ष प्रस्तुत गर्नुभएको बताइएको छ ।

