भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले ग-यो आफ्नै भवन निर्माणको सिलन्यास
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आज आफ्नै भवन निर्माणको सिलन्यास गरेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका८, इतबुमा रहेको उक्त संघको नाममा रहेको जग्गामा सो भवनको राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष मिनराज कँडेलले सिलान्यास गर्नु भएको थियो । त्यस अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्णगोविन्द लाखाजु सहित सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु , कर्मचारीहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । भवन सिलान्यास कै कारण सो संघको सेवा काउण्टर दिउसो १२ देखि १ बजेसम्म बन्द भएको थियो । थिमि स्थित शंखधर चोकमा सेवाकेन्द्र समेत सञ्चालन गरिरहेको त्यस संघको रु.८९ करोड भन्दा बढी कारोवार रहेको व्यवस्थापक बालकृष्ण धोजुको भनाई छ ।

