चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लि., महाबौद्ध,काठमाडौंले मनायो आफ्नो १३औँ स्थापना दिवस

0 Shares

काठमाडौंको महाबौद्धमा रहेको चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लि. स्थापना भएको हिजोबाट १३ वर्ष पूरा भई १४ वर्ष लागेको छ । सो संस्थाले आफ्नो १३औँ स्थापना दिवस एक कार्यक्रम गरी मनाएको छ । त्यस अवसरमा उक्त संस्थाका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले स्थापना भएको छोटो समयमा चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्था लि.ले गुणस्तरीय व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोग गरी आफ्ना शेयर सदस्यहरुलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको  र व्यवस्थापनको सक्रियता र शेयर सदस्यहरुको अटुट साथ र सहयोगका कारण हाम्रो यस संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको र आउदा दिनमा दिगो, विश्वसनीय , भरपर्दो र सुरक्षित माध्यमबाट यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्नुका साथै समाज र देशका लागि योगदान दिने तर्फ क्रियाशील रहने बताउनुभयो । त्यसैगरी सोही संस्थाका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार श्रेष्ठले विभिन्न सुविधाहरु सहितको मोवाइल बैंकिङ्ग सेवा , मिस्ड कल बैंकिङ्ग सेवा, क्विआर पेमेण्ट सेवा शुरु गर्दै विभिन्न गुणस्तरीय व्यवस्थापन प्रणालीमा आवद्ध भएको हाम्रो यस संस्थाले लकडाउनको समयमा पनि आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्नुका साथै आफ्ना शेयर सदस्यहरुको कोरोना वीमा गरेको बताउनुभयो ‌। आर्थिक वर्ष २०७६/०७७ मा यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषबाट रकम वितरण गरेको उहाँको भनाई छ ।

२९ जना शेयर सदस्य र रु.७० लाख चुक्ता पूँजीबाट २०६४ साउन १ गतेबाट कारोवार शुरु गरेको त्यस संस्थामा २०७७ साउन १ गतेसम्म शेयर सदस्य संख्या १ हजार ३ सय  र  कारोवार रु ६८ करोड पुगेको जनाइएको छ । राष्ट्रिय सहकारी बैंक लि., नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि., जिल्ला सहकारी संघ लि.,काठमाडौं र बहुउद्देश्यीय सहकारी संघ लि.,काठमाडौंमा यो संस्थाको आवद्धता रहेको बताइएको छ ।

 

 

Leave a Reply