कैलाश भक्त प्रधानाङ्ग नेफ्स्कूनको सल्लाहकार समितिमा नपरे पछि सहकारीकर्मीहरुद्वारा असन्तुष्टि व्यक्त, प्रकाश पोखरेल नेफ्स्कूनको कायममुकायम प्रमुख कार्यकारी अधिकृत
विगत लामो समय नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को नेतृत्व गर्नु भएका कैलाश भक्त प्रधानाङ्ग हिजो नेफ्स्कूनले गठन गरेको नि:वर्तमान र भूतपूर्व अध्यक्षहरु रहेको सल्लाह समितिमा नपरेपछि सहकारी क्षेत्रमा असन्तुष्टिका स्वरहरु देखिएका छन् । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ण गोविन्द लाखाजु, ललितपुर बचत तथा ऋण सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष करुणारत्ने बज्राचार्य लगायतले नेफ्स्कूनका भूतपूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्गलाई नेफ्स्कूनको सल्लाहकार समितिमा नराखिएको प्रति असन्तुष्टि व्यक्त गर्दै उहाँलाई सो सल्लाहकार समितिमा राख्नु पर्नेमा जोड दिनु भएको छ । कतिपयले सहकारीकर्मीहरुले राजनीतिक पूर्वाग्रहका कारण प्रधानाङ्गलाई नेफ्स्कूनको सल्लाहकार समितिमा नराखिएको भन्ने अभिव्यक्ति पनि दिएको देखिएको छ ।
यता नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले भने ‘नेफ्स्कूनको विधानमा ३ जनाको मात्र सल्लाहकार समिति बनाउने भन्ने प्रावधान रहेका कारणले सो समिति बनाउदा त्यसमा नेफ्स्कूनका भूतपूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्ग छुट्नु भएको हो । उहाँप्रति कुनै आग्रह पुर्वाग्रह पालिएको छैन । उहालाई नेफ्स्कूनले सधै सम्मान गर्छ भन्नु भएको छ ।’ नेफ्स्कूनको सल्लाहकार समितिमा नपरेपछि नेफ्स्कूनका भूतपूर्व अध्यक्ष कैलाश भक्त प्रधानाङ्ग विचार बुझ्न प्रयास गरिएको भए पनि उहाँसँग सम्पर्क हुन सकेन । हिजो गठन भएको उक्त समितिमा नेफ्स्कूनका नि:वर्तमान अध्यक्ष डी.बी. बस्नेत तथा भूतपूर्व अध्यक्षद्वय मिनराज कँडेल र ऋषि घिमिरे हुनुहुन्छ ।
हिजो नै नेफ्स्कूनको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनु भएका प्रकाश पोखरेलले हिजोबाटै सो पदको सपथ लिई कार्यभार सम्हाल्नु भएको नेफ्स्कूनले जनाएको छ । २०७६ असार १ गतेबाट पोखरेल नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेर कार्य गर्दै आउनु भएको थियो । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले अघिल्लो महिना सो पदबाट राजिनामा दिएपछि उक्त पद रिक्त थियो । सापकोटाको राजिनामाको विषयलाई लिएर पनि हल्लाखल्ला भएको थियो तर सापकोटाले त्यसलाई खासै महत्व दिनु भएन , बरु उहाँले नेफ्स्कूनले आफ्नो नियमित प्रक्रिया अनुसार कार्य गर्छ भन्नुभयो ।
।््त््त््त््त््त््त््त््््त््त््त््त््त््त््त्

