नेपाल चार्टड एकाउण्टेन्ट्स संस्थाबाट मुक्तिनाथ विकास बैंक लि. पुरस्कृत
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ श्रेणीको मुक्तिनाथ विकास बैंक लि. नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाबाट पुरस्कृत भएको छ । बैंकिङ्ग क्षेत्र, वित्तीय क्षेत्र, वीमा क्षेत्र, सामान्य क्षेत्र र सार्वजनिक इकाई गरी ५ विधामा आर्थिक वर्ष २०७५/०७६ को उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार सो संस्थाले विकास बैंक तथा वित्तीय कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंक लि.लाई प्रदान गरेको बताइएको छ ।
उक्त संस्थाले नेपाल वित्तीय प्रतिवेदनमा एनएफआरएस प्रणालीमार्फत् वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई हरेक वर्ष यो वित्तीय क्षेत्रको सर्वोत्कृष्ट पुरस्कार प्रदान गर्दै आएको छ । सो पुरस्कारलाई बैंकिङ्ग क्षेत्रमा प्रतिष्ठित पुरस्कारको रुपमा लिने गरिएको देखिन्छ ।
महालेखा परीक्षक टंकमणि शर्माले मुक्तिनाथ विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेललाई सो पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । उक्त पुरस्कार त्यसै संस्थाका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको सफथ ग्रहण समारोहको अवसर पारेर प्रदान गरिएको थियो ।
१३६ वटा शाखा मार्फत देशका ४२ वटा जिल्लामा प्रभावकारी ढंगबाट वित्तीय सेवा प्रवाहग गर्दै आइरहेको मुक्तिनाथ विकास बैंक लि.ले मोबाइल बैंकिङ क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङ लगायतका सेवाहरु प्रदान गर्दै आएको त्यसै बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङको भनाई छ ।

