नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले जगायो आशा
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले पर्यटन क्षेत , यातायात , कृषि, उर्जा लगायतका क्षेत्रमा आशा जगाएको देखिएको छ । २०७६ चैतमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएपछि पहिलो पटक गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक गर्नु भएको हो । शुक्रबार विहान नेपाल राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेपछि दिउसो जारी भएको मोद्रिक नीति नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट मार्फत ७ प्रतिशतको आर्थिक बृद्धिदर पु-याउने र मुल्य बृद्धि ७ प्रतिशतमा सिमित गर्ने लक्ष्य अनुरुप आएको देखिएको छ । मौद्रिक नीतिले यही असार मसान्त भित्र भुक्तानी गरी सक्नु पर्ने कर्जाको भुक्तानी अवधि बढाएको छ भने बैंक तथा वित्तीय संस्था मर्जर नीति पुन:अगाडि बढाएको छ । लघुवित्तको दर्ता खारेज गर्नुका साथै लघुवित्तको १५ व्याजदर १५ प्रतिशतमा सिमित गरेको छ ।

