आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.ले आज रक्तदान कार्यक्रम गर्ने
ललितपुरको पुल्चोकमा मुख्य कार्यालय तथा काठमाडौंको कालिमाटी, ललितपुरको धापाखेल र भक्तपुरको गट्ठाघरमा सदस्य सेवाकेन्द्र रहेको सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. आफ्नो स्थापनाको सफलतापूर्वक २२औँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा आज सो संस्थाले आफ्नो २२औँ वार्षिकोत्सव तथा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ । उक्त रक्तदान कार्यक्रम सोही संस्थाको मुख्य कार्यालय भवन परिसर पुल्चोकमा आज विहान ८:३० बजेबाट शुरु हुने बताइएको छ । आफ्नो वार्षिकोत्सवको अवसरमा उक्त संस्थाले विगतका वर्षहरुमा पनि रक्तदान लगायतका रचनात्मक कार्यक्रम गरेको थियो ।

