नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा नजिकिए सँगै चुनावी सरगर्मी बढ्यो , वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकाल मजबुत बन्दै
देशभरका निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा यही साउन २५ र २६ गते हुँदैछ । सरकारले लकडाउन खुकुलो बनाएपछि साधारणसभाको उक्त मिति तय गरेको महासंघले जनाएको छ । सो महासंघको विधानमा वरिएष्ठ उपाध्यक्ष साधारणसभाबाट स्वत: अध्यक्ष बन्ने प्रावधानका कारण हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत: अध्यक्ष बन्नु हुनेछ । सोही प्रावधान बमोजिम हालेकी अध्यक्ष भवानी राणा यस अघिको साधारण-सभाबाट अध्यक्ष बन्नु भएको थियो । महासंघको वरिष्ठ उपाध्यक्ष पदमा हालका एसोसिएट उपाध्यक्ष 
चन्द्रप्रसाद ढकाल र उद्योगपति 
किशोर प्रधान उम्मेद्वारी घोषणा गर्नु भएको छ । ढकाल र प्रधान दुबैले छुट्टाछुट्टै प्यानल घोषणा गर्नु भएको छ । साधारणसभा नजिकिदै जादा महासंघमा चुनावी सरगर्मी बढ्दै गएको छ ।
वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार प्रधानले आफूले उद्योगी व्यवसायीहरुका समस्या राम्रो सँग बुझेकाले उद्योगी व्यवसायीहरुको हितमा राम्रो सँग काम गर्न सक्ने भएकोले आफूले वरिष्ठ उपाध्यक्ष पदमा जित्नु आवश्यक रहेको बताउनु हुन्छ भने वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेद्वार ढकाल आफूले सामान्य उद्योग व्यवसाय देखि कर्पोरेट तहसम्मका उद्योग व्यवसियमा काम गर्ने मौका पाएकाले निजी क्षेत्रका सबै खाले उद्योगी व्यवसायीहरुको समस्या राम्रो सँग बुझेकाले उनीहरुको मर्म र भावना अनुसार निजी क्षेत्रको भलाई हुने गरी काम गर्न सक्ने योग्य आफू भएकोले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो जीत आवश्यक रहेको बताउनु हुन्छ । उक्त महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार प्रधानलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लगायतका उद्योगी व्यवसायीहरुको साथ रहेको देखिन्छ भने वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेद्वार ढकालको पक्षमा हालकी अध्यक्ष भवानी राणा तथा भाष्कर राजकर्णिकार सहितका उद्योगी व्यवसायीहरुको साथ रहेको देखिएको छ । अहिलेसम्मको अवस्था हेर्दा त्यस महासंघको वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधान भन्दा चन्द्रप्रसाद ढकालको पक्षमा पल्लाभारी रहेको जानकारहरुको भनाई छ । आईएमई समुहको नेतृत्व गरेका ढकाल वित्तीय व्यवस्थापनमा पनि सक्षम मानिनु हुन्छ ।

