मौद्रिक नीतिले सम्बोधन ग-यो नेपाल हस्तकला महासंघका केही सुझाव

0 Shares

नेपाल हस्तकला महासंघले हिजो प्रेस विज्ञप्ति जारी गरी आफ्ना केही सुझाव यही साउन २ गते नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका मौद्रिक नीतिमा सम्बोधन भएको जनाएको छ । सोही महासंघका निमित्त महानिर्देशक ऋषिराज सुवेदीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेखित विषय यस प्रकार छ ।

नेपाल हस्तकला महासंघको धारणा
१. कोभिड –१९ बाट नराम्रोसँग प्रभावित प्रत्यक्ष तथा परोक्ष रुपमा झण्डै ११ लाख ब्यक्तिहरु संलग्न रहेको र बार्षिक रुपमा १० अरब बराबरको निकासी ब्यापार र सोही रकम बराबरको आन्तरिक बजारमा खरिद बिक्री भई २० अरबको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पु-याउदै आएको हस्तकला उद्योग ब्यवसायको संरक्षणको लागि चालू आर्थिक वर्ष २०७७÷०७८ को मौद्रिक नीतिमा संवोधन गर्नुपर्ने विषयहरु समावेश गरी महासंघका अध्यक्ष श्री सुरेन्द्रभाई शाक्यको नेतृत्वमा पूर्व अध्यक्षहरु, महासंघका पदाधिकारीहरु र अग्रणी निकासीकर्ता सम्मिलित टोलीले २०७७ आषाढ १७ गते नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीज्यूसंग भेटवार्ता गरी आवश्यक सुझाव प्रदान गरेको थियो । महासंघले दिएका सुझावहरु मध्ये केही सुझावलाई मौद्रिक नीतिले संवोधन गरिएको पाईएको छ । अहिलेको अवस्थामा आर्थिक वर्ष २०७७/०७८ को नेपाल सरकारको बजेटमा गरिएका ब्यवस्थाहरुलाई कार्यान्वयन गर्न सहयोगी भूमिका खेल्ने गरी ब्यवहारिक बिषय बस्तुहरुलाई समेत सम्बोधन गरी मौद्रिक नीति जारी हुनु स्वागतयोग्य छ ।

२. मौद्रिक नीतिले मूलतः निर्यातमूलक हस्तकला उद्योग ब्यवसायलाई थोरै मात्र भएपनि सम्वोधन गरेको देखिन्छ । कोभिड –१९ बाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न घरेलु तथा साना उद्योगलाई सहुलियतपूर्ण ब्याजमा कर्जा ब्यवस्था गरिनु , २०७७ असार महिनासम्म भुक्तानी अवधि भएका डिमाण्ड लोन, क्यास क्रेडिट लगायतका
अल्पकालीन प्रकृतिका चालूपूँजी कर्जाहरुलाई ऋणीको अवस्था विश्लेषण गरी २०७७ पौष मसान्तसम्म भुक्तानी गर्न सकिने गरी नवीकरण गर्न सक्ने तथा ्कोभिड–१९ बाट कम, मध्यम र अति प्रभावित भएको पेशा÷व्यवसायमा प्रवाह भएका कर्जाको २०७७ असार मसान्तसम्मको साँवाको किस्ता र ब्याज रकमलाई क्रमशः २०७७ पौष मसान्त, २०७७ चैत मसान्त र २०७८ असार मसान्त सम्ममा भुक्तानी गर्न सक्ने  व्यवस्था व्यवहारिक रहेका छ । यस ब्यवस्थाले गर्दा कतिपय निर्यातकर्ताहरुको निकासी अर्डर रद्द भएको र उत्पादित सामानहरु विक्री हुन नसकी मौज्दात रहेको अहिलेको अवस्थामा उद्यमी  व्यवसायीलाई यो ब्यवस्थाबाट राहत पुग्न गएको छ ।

३.  विदेशी मुद्रा प्राप्त भए पछि नेपाली निर्यातकर्ताहरुको नाममा अग्रिम भुक्तानीको प्रमाणपत्र (Advance Payment Certificate) जारी गरी सक्नु पर्ने समय सीमा १ महिनाबाट वढाई ४ महिना कायम गर्ने ब्यवस्था उल्लेख भएबाट कोभिड १९ को कारण निर्यात गर्न नसकिरहेका निर्यातकर्ताहरुको लागि यो ब्यवस्थाले थलिएको हस्तकला उद्योग ब्यवसायको प्रवर्द्धनमा सहयोगी भूमिका खेल्ने महासंघले विश्वास लिएको छ ।

४. नेपाली निर्यातकर्ताले सम्बन्धित निकायको स्वीकृति लिई विदेशमा विभिन्न, प्रदर्शनी व्यापारमेला आदिमा नेपाली वस्तु बिक्री गरेवापत प्राप्त नगद विदेशी मुद्रा नेपालस्थित बैंक तथा वित्तीय संस्थामा रहेको निर्यातकर्ताको विदेशी मुद्रा खातामा समेत जम्मा गर्न सकिने व्यवस्था गरिएको स्वागत योग्य छ  तर सो विदेशी मुद्रा खाता खोल्न सरल कार्यबिधिको ब्यवस्था गरिनुु पर्दछ । यस ब्यवस्थाले निश्चयनै अन्तर्राष्ट्रिय ब्यापार
मेला सहभागिताबाट आर्जित बिदेशी मुद्रा बैंकमा जम्मा गर्न निर्यातकर्ता

व्यवसायीहरुलाई सजिलो हुन गई अन्तत्वगत्वा हस्तकलाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा पनि सघाउ पुग्न जाने महासंघले बिश्वास लिएको छ ।

५.  सवल र सुरक्षित विद्युत्तीय भुक्तानी प्रणालीको विकास गर्दै नगद कारोबार न्यूनीकरण गर्न नेपाल सरकारले कार्यान्वयनमा ल्याएको डिजिटल नेपाल
फ्रेमवर्कको मर्म अनुरुप सबै प्रकारका वित्तीय कारोबारहरु विद्युत्तीय माध्यमबाट गर्न
प्रोत्साहित गर्ने र विद्युत्तीय भुक्तानीमा Quick Response (QR) code मार्फत हुने भुक्तानीलाई व्यवस्थित गर्न सूचना प्रविधि लगायत विविध सेवा Online वा eloctrenic माध्यमबाट निर्यात गरी प्राप्त हुने विदेशी मुद्रा सम्बन्धित निर्यातकर्ता वा सेवा प्रदायकको विदेशी मुद्रा बैंक खाता वा कार्डमा प्राप्त गर्न सकिने व्यवस्था गरिने भनिएता पनि अनलाईन मार्फत हस्तकलाका बस्तुहरु निकासी बिद्युतिय कारोवारबाट गर्न पाईने हो वा होईन स्पष्ट नभएको ।

६. महासंघले दिएका धेरै सुझावहरु मौद्रिक नीतिले सम्वोधन गर्न नसकेता पनि समग्रमा आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिले केही हद सम्म भए पनि कोभिड–१९ बाट प्रभावित भएका हस्तकला लगायतका निर्यातमूलक उद्योग ब्यवसायको जगेर्ना गर्न सहयोग पुग्ने पनि महासंघले विश्वास लिएको छ ।

Leave a Reply